Logo बैशाख ३१, २०७८ शुक्रबार


सपिङ कम्प्लेक्स बनाउन सुकुम्बासी बस्तीमा डोजर

काठमाडौं । शुक्रबार जनतासमाचार डट्कम मा शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, गर्मीमा तरबुजाको बेग्लै मज्जा, तर भुलेर पनि नखानुहोस्, घरमा नकारात्मक उर्जा भएको थाहा पाउने ५ संकेत र बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले बालिकाको हत्या लगायत शीर्षकमा समाचार तथा विचार प्रकाशित गरिए।

शनिबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूले फर्काउदै कांग्रेस- माओवादी, सार्वजनिक कार्यक्रममै देउवा- पौडेल भनाभन, कोरोना रोकथाममा झनै बेवास्ता र अतिक्रमित आठ रोपनी जग्गा सरकारको नाममा लगायतका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकले ‘सपिङ कम्प्लेक्स बनाउन सुकुम्बासी बस्तीमा डोजर’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा सपिङ कम्प्लेक्स बनाउन सुकुम्बासी वस्तीमा डोजर चलाइएको उल्लेख छ । समाचारअनुसार शुक्रबार घर भत्काइएपछि दमक– ७ हाटखोला र पञ्चमुखीमा बसिरहेका २० परिवार सुकुम्बासीको उठीवास लागेको समाचारमा छापिएको छ ।
त्यसैगरी पत्रिकाले ‘छिमेकीको कुटाइबाट दलितको ज्यान गयो’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेकोक छ । समाचारमा जातीय दुर्व्यवहार गर्दै एक गैरदलितले निर्घात कुटपिट गर्दा झापामा एक दलितको ज्यान गएको उल्लेख छ । गैरदलित छिमेकीको कुटाइबाट कन्काई– ५ टेक्रास्थित दार्जेलिङ टोलका ५७ वर्षीय बलबहादुर विश्वकर्माको मृत्यु भएको समाचारमा छापिएको छ । पत्रिकाले खोप आपूर्तिमा सहजीकरण गरिदिन भारतीय विदेशमन्त्रीसँग आग्रह, आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेसको औपचारिक पहल र बर्दियामा लोड गरी राखिएको भरुवा बन्दुक फेला लगायत शीर्षकका समाचार छापेको छ।

‘राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण’ शीर्षकको समाचार आजको कान्तिपुर दैनिकले मुख्य पृष्ठमा छापेको छ । समाचारमा संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको विभूषणलाई नियालेर हेर्दा कालापानीर लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै नभएको समाचारमा छापिएको छ ।
त्यसैगरी पत्रिकाले ‘देउवाको प्रस्तावलाई जसपाको तामेली’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा नयाँ सत्ता समीकरणबारे छलफल गर्न बोलाइएको तीन दलको बैठक निष्कर्षविहीन बनेको समाचारमा छापिएको छ । पत्रिकाले सांसद पद गुमाएका चार मन्त्रीले फेरि लिए शपथ, पूर्वराजा ज्ञानेन्द्रलाई हरिद्वारमा विशेष रथ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. झा चढेको गाडी दुर्घटनामा लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ।

आजको नागरिक दैनिकले ‘फैलिँदै डढेलो, मासिँदै वन’ शीर्षकको समाचार छापेको छ । समाचारमा सुदूरपश्चिममा तस्करले वन मास्दै गएकाप्रति चिन्ता त गरिन्छ नै, अहिले त्योभन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको समाचारमा छापिएको छ । पत्रिकाले तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै होस् मुख्यमन्त्री गुरुङ, पशुपतिस्थित वत्सलेश्वरीमा देशोद्धार पूजा गरिँदै, शौच गर्न गएकी बालिकामाथि जबरजस्ती करणी प्रयासपछि हत्या लगायत शीर्षकका समाचारमा प्रकाशित गरेको छ।

गोरखापत्र दैनिकले भने ‘सडक मर्मतमा सहमति’ शीर्षकको समाचार छापेको छ । समाचारअनुसार राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सडक विभागबीच सहमति भएको समाचारमा छापिएको छ । त्यसैगरी पत्रिकाले दोस्रो जोखिमबाट नागरिकलाई बचाउन छिट्टै कार्य योजना सार्वजनिक गरिने, गैँडा गणना आज सकिने, भोलि नतिजा सार्वजनिक गरिने र खाजाका कारण टिकाउ दर वृद्धि लगायतका शीर्षकमा पनि समाचारहरू छापेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…