Logo बैशाख ३१, २०७८ शुक्रबार


सिके राउतको पार्टीले महाधिवेशन गर्दै

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले पहिलो महाधिवेशन गर्ने भएको छ । शनिबार जनकपुरको बाह्रविघामा आयोजना गरिएको महाधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंसेवकको सहभागिता रहने जनाइएको छ ।

जनमत पार्टीका नेता चन्दन सिंहका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । पार्टीको महाधिवेशनमा भारत, अमेरिका, चीनलगायत विभिन्न ४२ वटा देशबाट अतिथि आउने सिंहले जानकारी दिनुभयो । तर कोभिड १९ का कारण कुनै पनि देशका प्रतिनिधि कार्यक्रममा सहभागी नहुने देखिएको छ ।

एकै दिनमा सम्पन्न हुने महाधिवेशनमा अन्य पार्टी र जनसंगठनका प्रतिनिधिलाई अतिथि तथा वक्ताको रुपमा निमन्त्रणा गरिएको छैन । कार्यक्रमको प्रमुख अतिथि सिके राउत आफैले गर्ने बताइएको छ । कार्यक्रमका अन्य अतिथिमा सहिद परिवार, जेलनेल भोगेका तथा घाइते र आन्दोलनका क्रममा मुद्दा खेपेका व्यक्तिहरु रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…