Logo बैशाख २९, २०७८ बुधबार


तक्मामा नेपाली भूभाग छुट्नुको कारण गुप्तचरसँगको मन्त्रणा त होइन् ?

काठमाडौं । पुर्व गृहमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेका मानपदवी तथा पदकको बीच भागमा रहेको नेपालको नक्सामा सुदूरपश्चिम क्षेत्रका लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको भूभाग छुट्नुको कारण विदेशी गुप्तचरसँगको मन्त्रणा हुनसक्ने आशंका गर्नुभएको छ ।

पछिल्लो पटक सार्वजनिक गरिएको नेपालको चुच्चे नक्शा गायब गरी तक्मा वितरण गरिएको प्रति चौतर्फी आलोचना भइरहेका बेला नेता रावलले पनि त्यसको विरोध गर्नुभएको हो ।

तक्मामा नेपालको नयाँ नक्सा नराखिएको भन्दै रावलले यसो गरिनुको पछाडि विदेशी गुप्तचरसँग मन्त्रणा गरिएको हुनसक्ने अनुमान गर्नुभएको हो । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै रावलले यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने मागसमेत गर्नुभएको छ ।

रावलले लेख्नुभएको छ, ‘राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के हो ? प्रधानमन्त्रीले तुरुन्त जवाफ दिनुपर्छ । यसो हुनुको कारण कतै बालुवाटारमा प्रमको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसँगको मन्त्रणा त होइन ?’

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…