Logo बैशाख ३०, २०७८ बिहीबार


लहानमा सुनचाँदी व्यवसायीको हत्या

लहान । सिरहाको लहानमा एकजनाको हत्या भएको छ ।

लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले ४५ वर्षीय विश्वकर्माको हत्या गरेका हुन् ।

टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरी छातीमा गोलीसमेत प्रहार गर्दा गम्भीर घाइते भएका मिझारलाई तत्काल लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिएको थियो । तर अस्पताल पुग्ने वित्तिकै विश्वकर्माको मृत्यु भएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।

लुटेरा समूहले मृतककी श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् । उहाँको पनि सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

विश्वकर्मा दम्पतीले लहान–२३ का वडाध्यक्ष कन्हैया गुप्ताको घरमा अमित ज्वेलर्स नामको सुनचाँदी पसल सञ्चालन गरिरहेका थिए ।

यसैबीच हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लहान नगरपालिका–७ का रामकृष्ण चौधरी भाग्दै गरेकै अवस्थामा पक्राउ परेका हुन् ।

शंकाकै आधारमा अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाले उनको पहिचान गोप्य राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…