Logo जेठ १, २०७८ शनिबार


चिकित्सककाे लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा नारावाजी

रामभरोसी यादव
सिरहा । अस्पतालकाे लापरवाहीले बिरामीकाे मृत्यु भएको भन्दै आफन्तले अस्पताल परिसरमा नारावाजी गरिरहेका छन् । लहानस्थित सप्तऋषि  अस्पतालमा लगिएकाे बिरामीकाे मृत्यु अस्पतालकै लापरवाहीका कारण भएकाे भन्दै मृतकका आफन्तले नारावाजी गरेका हुन् ।

प्रदेश नम्बर २ को स्वास्थ्य मन्त्रीको राजीनामा, घटनाको दोषीलाई कारबाही, मृतकका  परिवारलाई क्षतिपूर्ति एवम् अस्पतालको लाइसेन्स खारेजीलगायतकाे माग गर्दै आफन्तहरु आन्दोलित भएका छन्। उनीहरुले घटनाको सत्यतथ्य सार्वजनिक नभएसम्म शव नउठाउने समेत बताएका छन् ।

डायबिटिजको बिरामी रहेका सिरहा सखुवानान्कारकट्टी २ का ३५ वर्षीय रामवती यादवलाई २६ श्रावणमा उक्त अस्पतालमा भर्ना गरिएकाे थियाे। भर्ना लगत्तै भेन्टिलेटरमा राखिएका बिरामीको सुधार नआएको भन्दै आफन्तहरुले पटक पटक रिफर गरिदिन आग्रह गरेपनि मृत्युको अन्तिम क्षणमा मात्र कुनै उपकरणविनै रिफर गर्न लागिएकाे थियाे ।

अस्पतालले रिफर गरेको केही मिनेटमै अस्पताल हाताभित्रै बिरामीको मृत्यु भएको थियो । अस्पतालका चिकित्सक सन्देश रौनियारका अनुसार बिरामीको आफन्तले भनेअनुसार आफूहरुले अन्यत्र रिफर गरेको जानकारी दिनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…