Logo बैशाख २८, २०७८ मंगलबार


तपाईको यो वर्ष (विक्रम संवत् २०७८ सालको वार्षिक राशिफल)

मेष–सरकारी धनको सुख मिल्नेछ। नयाँ व्यवसायमा वैदेशिक धनको लगानी हुनेछ। पर्यटन एवं कृषि काममा लगानी बढ्नेछ। शैक्षिक क्षेत्रको लगानीमा फाइदा राम्रो हुनेछ। नोकरी , रोजगारीमा भने परिवर्तन आउनेछ । स्वतन्त्र लगानीमा फाइदा हुनेछ। स्वतन्त्र काममा रुचि जानेछ। वैदेशिक धनको सहायताले प्राविधिक क्षेत्रमा लगानी एवम् आर्थिक रुपमा फाइदाजनक हुनेछ । सन्तान एवं परिवारवाट नयाँ व्यवसायमा सहयोग मिल्नेछ। शारीरिक रुपमा चोटपटक बढी लाग्ने देखिन्छ। सामान्य झै–झगडा एवम् मुद्दामामिलाको योग बन्नेछ। शैक्षिक क्षेत्रमा राम्रो प्रगति मिल्नेछ। व्यवसाय एवम् बासस्थान परिवर्तन हुनेछ। वर्षको अन्त्यमा भने आफन्तसँग छुट्टीनुपर्ने एवम पारिवारिक कलह बढ्नेछ। असार, असोज एवम माघ महिना बढी फलदायी रहनेछन्। साउन, मंसिर एवम् महिना स्वास्थ्य र आर्थिक हिसाबले कमजोर रहनेछन्। समग्रमा मेष राशीको लागि यो वर्ष लगानीको वर्ष रहने, व्यवसाय र शैक्षिक कामको लागि राम्रो ठहरिनेछ।

वृष–वर्षको सुरुका महिनाहरु पारिवारिक हिसाबले कमजोर रहनेछन्। घरायसी विवाद बढ्ने एवम् जग्गा जमिनमा सम्बन्धि वैमनस्यता आउनेछ। दाम्पत्य जीवनमा अनमेल हुनेछ। शारीरिक रुपमा स्वास्थ्य समस्या देखिनेछ। बासस्थान परिवर्तन हुने एवम मातापिताको स्वास्थ्यमा समस्या आउनेछ । मंसिर पछिको समय तुलनात्मक रुपमा राम्रो हुनेछ। छोराछोरीको शैक्षिक एवं आर्थिक काममा प्रगति हुने एवम् सन्तानद्वारा आर्थिक सहयोग मिल्नेछ। विद्याध्ययनमा राम्रो प्रगति हुने एवम् नयाँ रोजगारीको अवसर मिल्नेछ। व्यापार व्यवसायमा भदौपछिको समय लाभदायक हुनेछ। साउन, कार्तिक र चैत्र महिना शुभ रहनेछन्। भदौ र पुस महिना धन र स्वास्थ्यको हिसाबले अशुभ रहनेछन्। उद्योग, प्राविधिक, फलाम एवम प्राकृतिक सम्पदाको व्यवसाय गर्नेहरुका लागि भने यो वर्ष राम्रो नै हुनेछ। समग्रमा यो वर्ष पारिवारिक रुपमा कमजोर भएतापनि आम्दानी र शैक्षिक रुपमा प्रबल रहनेछ।

मिथुन–वर्षको सुरुमा नया आफन्तबाट व्यवसायमा आर्थिक सहयोग मिल्नेछ। राजनीतिक सहायताबाट नयाँ काममा लगानी हुनेछ। आर्थिक समस्यामा मित्रजनको सहयोग मिल्नेछ। बिदेशबाट धनको सहयोग मिल्नेछ। बासस्थान परिवर्तन हुने एवम वैदेशिक यात्राको योग बन्नेछ। यो राशिलाई वर्ष भरी नै अढैया साँढेसाती शनिको प्रभाव रहनेछ । मानसम्मानमा आँच आउने एवम पद,प्रतिष्ठामा धोका हुन सक्नेछ। सामान्य मुद्दामामिला खेप्नुपर्ने एवम शत्रुहरुले दुःख दिनेछन्। अध्ययनमा भने यो वर्ष सफलता कम मिल्नेछ। मानसिक तनाव एवम् जिम्मेवारी बढ्नाले पारिवारिक द्वन्द आउनेछ। साउन पछिको समयमा व्यवसायमा प्रगति हुनेछ। माघ महिनामा धनसम्पत्तिमा झमेला पर्नेछ् । पुस महिनामा सानो यात्रा एवं दाम्पत्य सम्वन्धमा समस्या आउनेछ। वादविवाद एवम झैझगडाले आफन्त टाढा हुनेछन्। भदौ, पुस एवम चैत्र महिना शुभ रहनेछन्। असोज र माघ महिनामा प्रतिष्ठामा गिरावट एवं धन हानि हुन सक्नेछ।

कर्कट– वर्षको सुरुमा धनसम्बन्धि चिन्ता थपिनेछ। अनावस्यक ठाउँको लगानीले व्यवसायमा लाभ कम हुनेछ । सन्तानको स्वास्थ्यमा समस्या हुनेछ। सवारी साधनको कारणले शारीरिक चोट पटक लाग्न सक्नेछ। नयाँ माया प्रेममा शंकाले सम्वन्ध मा मनमुटाव हुनेछ। अध्ययनमा यो वर्ष खासै लाभदायी छैन। आफन्तमा वैरभाव हुनसक्ने एवम सम्पत्तिको चोरी एवम हानी हुन सक्नेछ। वैदेशिक काममाभने बढी सफल हुनेछ । परिवारमा सामान्य जग्गाविवाद झमेला भने आउनेछ। दाजुभाइ एवम नयाँ मित्रहरुको सहयोगले नयाँ व्यवसायको थालनी हुनेछ ।कृषिकाममा प्रगति हुने एवम सन्तानबाट व्यवसायमा साथ मिल्नेछ। निर्माण प्रविधि सम्बन्धि व्यवसायमा सफलता मिल्नेछ। असोज र पुस महिना शुभ रहनेछन्। असार, कार्तिक र फाल्गुन महिनामा आर्थिक एवम स्वास्थ्य सम्बन्धि तनाव बढ्नेछ। समग्रमा कर्कट राशिको लागि यो वर्ष व्यवसायको हिसाबले राम्रै रहनेछ।

सिंह–वर्षको सुरुमा नयाँ व्यवसायको लगानीले पुरानो ऋणको चिन्ता थपिनेछ। राजनीतिक जिम्मेवारीमा फेरवदल हुने एवंनीजि काममै अलमल बढी रहनेछ। व्यवसायको कारणले वासस्थान परिवर्तन गर्नुपर्नेछ। असोजपछिको समय लाभदायक रहनेछ। सामान्य रुपमा खर्च बढी हुने एवम नयाँ ठाउँमा लगानी बढ्नेछ। नया व्यवसाय परिवर्तन हुने एवम पारिवारिक रुपमा विवाद आउनेछ। माता पिताको स्वास्थ्यमा बाधा हुने एवं घर परिवारको सहयोग कम पाइनेछ। व्यापार व्यवसायमा भने साउनबाट प्रगति देखिन थाल्ने। कुलकुटुम्ब एवम नातागोताबाट आर्थिक सहयोग मिल्नेछ। बोली बचनले साथ दिने एवम आफ्नो योग्यता, क्षमताको कदर हुनेछ। कार्तिक र फाल्गुन महिना बढी लाभदायक हुनेछन्। साउन, मंसिर र चैत्र महिना सामान्यतया कमजोर रहनेछन्। असार र माघ महिना शुभ रहनेछन्। शैक्षिक क्षेत्रको लगानीले यो वर्ष राम्रै आम्दानी मिल्नेछ।

कन्या–वर्षको सुरुको समय अध्ययन र शैक्षिक रुपमा कमजोर रहनेछ। ऋणको भार बढ्नाले पैतृक सम्पत्ति वेचविखन गर्नु पर्नेछ। फलाम धातु माटो एवं निर्माण कार्यवाट भने आम्दामी बढ्नेछ। सन्तानको स्वास्थ्यमा समस्या आउनेछ। धार्मिक कार्यमा धनको खर्च हुनेछ। व्यवसायमा परिवर्तन आउनाले आर्थिृक भार बेहोर्नुपर्नेछ। सवारी साधनबाट चोटपटक एवम स्वास्थ्यमा बाधा आउन सक्नेछ। कार्तिक पछिको समय वैदेशिक धनको लाभ एवम् आर्थिक रुपमा बढी सफल भइनेछ। राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। शैक्षिक क्षेत्रबाट केहि सन्तुष्टि मिल्नेछ। सामाजिक रुपमा मान सम्मान अवसर आउनेछ। मानसम्मान एवम सामाजिक प्रतिष्ठामा भने होसियार रहनुपर्नेछ। साउन , मंसीर एवम फाल्गुन महिना लाभदायक रहनेछन्। वैशाख भदौ र पुस महिना धन र प्रतिष्ठाको हिसाबले कमजोर रहनेछन्।

तुला –वर्षको सुरुवातमा व्यापार व्यवसायमा राम्रै प्रगति हुनेछ। वर्ष भरि नै अढैया शनिको समय रहेकाले जग्गा जमीनमा विवाद एवं आफन्तँंग वैमनस्यता हुनेछ। पुरानो ठाउँ परिवर्तन हुने एवं मित्रतामा बाधा आउनेछ । अध्ययन भने खस्किने एवम पढाइमा जिम्मेवारीमा असफलता मिल्नेछ। सन्तानको स्वास्थ्यमा समस्या आउनेछ। असोज पछिको समय रोजगारीमा परिवर्तन एवम काममा बाधा आउन सक्नेछ । विश्वासिलो व्यक्तिको धोकाले लगानीमा तनाव बढ्नेछ। भ्रमण र पारिवारिक स्वास्थ्मा योवर्ष बढी खर्च हुनसक्ने हुनाले आर्थिक रुपमा सजग हुनुपर्नेछ। अनुत्पादक क्षेत्रमा खर्च गर्नुपर्ने एवम स्वास्थ्यमा बढी धन जानेछ। सामाजिक धार्मिक काममा बढी व्यय हुनेछ। भदौ , पुस र चैत्र महिना बढी शुभ रहनेछन्। जेठ, असोज र माघ महिना स्वास्थ्य र पारिवारिक रुपमा कमजोर रहनेछन्। समग्रमा यो वर्ष आम्दानी र खर्च बराबरि नै रहनेछ।

वृश्चिक–वर्षको प्रारम्भमा नयाँ जिम्मेवारी एवं पदको लाभ हुनेछ। पुरानो व्यवसायमा परिवर्तन हुने नयाँ काममा लगानी बढ्नेछ। परिवारमा भने सामान्य विवाद बढ्नाले स्थान परिवर्तन हुनेछ। जग्गा जमीनमा धनको लगानी हुनेछ। घर निर्माण एवं निजी वासस्थानको लाभ मिल्नेछ। मातापिताको स्वास्थ्यमा बाधा एवम् नोकरी रोजगारीमा धक्का आउनेछ। शैक्षिक एवम प्राविधिक क्षेत्रबाट भने राम्रो आम्दानी हुनेछ । साउन पछिको समयमा पारीवारिक सहयोग मिल्ने एवम वैदेशिक कामको योजना बन्नेछ। शैक्षिक क्षेत्रबाट सन्तुष्टि मिल्नेछ। एवम् दाजुभाइबाट आर्थिक रुपमा सहयोग पाइनेछ। सन्तानको सुख मिल्ने एवम् नयाँ मित्रहरुसँग हातेमालो हुनेछ। व्यवसायको दृष्टिकोणले यो वर्ष राम्रै देखिनेछ। वैशाख असोज र माघ महिना बढी लाभप्रद हुनेछन्। असार, कार्तिक र फागुनमा भने बढी होसियारी हुनुपर्नेछ। स्वास्थ्य र धन सम्बन्धि चिन्ता बढ्नेछ।

धनु –वर्षको सुरुमा वैवाहिक जीवनमा र प्रेम सम्बन्धमा तनाव आउनेछ। धनको कारण आफन्तसंग झै झगडा हुनेछ। सवारी साधन र फलामको काममा धनको हानि हुनेछ। स्थान परिवर्तन गर्नुपर्ने एवम् नयाँ कामको थालनी हुनेछ। दाजुभाइ संगको सहकार्यमा पुरानो आर्थिक कारोवार सल्टिनेछ। राजनीतिक एवम सामाजिक क्षेत्रमा जिम्मेवारी मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता कम मिल्नेछ। आर्थिक पक्ष भने राम्रो बन्ने एवम राजनीतिक क्षेत्रमा पहुँच बढ्नेछ ।वर्ष भरिनै अन्त्य साढेसाती शनिको समय रहेकाले धनको लेनदेनमा बढी चनाखो हुुनु पर्र्नेछ। जेठ कार्तिक एवम फाल्गुन महिना शुभ हुनेछन्। साउनमा मान हानि, मंसिरमा स्वास्थ्य बाधा एवम चैतमा धन हानि हुन सक्नेछ। कार्तिक महिनामा राजनीति एवम सरकारी लाभ मिल्नेछ। वर्षको अन्त्यतिर भने वैदेशिक काममा सफलता मिल्नेछ।

मकर–वर्षको सुरुमा आर्थिक भार बेहोर्नुपर्नेछ। वर्षभरि नै मध्य साढेसाती शनिको समय चल्नेछ। प्रेममा बाधा एवं जीवनसाथीको स्वास्थ्यमा समस्या देखिनेछ। साझेदारी लगानीको कारणले आफन्तसँग मनमुटाव एवम सम्बन्धमा चिसोपना आउनेछ। शैक्षिक प्रगति भने राम्रो हुनेछ। आफ्नो क्षमता अनुसारको पद र जिम्मेवारी मिल्नेछ। भदौसम्म स्वास्थ्यमा बाधा एवम् चोटपटको योग रहन्छ। भदौपछि भने यात्रा एवम वैदेशिक काममा सफलता मिल्नेछ। धार्मिक काममा खर्च हुने एवम् सामाजिक क्षेत्रमा पहिचान स्थापित हुनेछ। सन्तानको सुख मिल्ने एवम् आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। घरका बुढापाकाको स्वास्थ्यमा भने बाधा आउनेछ। असार मंसिर एवम् चैत्र महिनामा सफलता बढी मिल्नेछ। असारमा मुद्दा मामिला हट्ने, मंसिरमा सरकारी एवं राजनीतिक लाभ मिल्नेछ। चैत्र महिनामा यात्रा सुख एवं वैदेशिक लाभ हुनेछ । जेठ, भदौ र पुष महिनामा स्वास्थ्य र व्यवसायमा समस्या देखापर्नेछ।

कुम्भ–सुरुका महिना स्वास्थ्य एवम पारिवारिक दृष्टिकोणले कमजोर रहनेछन्। गोडा घुँडामा समस्या हुने । औषधि उपचारमा धनको व्यय हुनेछ। अनावश्यक लाञ्छना लाग्ने एवम परिवारमा द्वन्द आउन सक्नेछ। वर्षभरी नै आद्य साढेसाती शनि दशाले प्रभाव पार्ने हुनाले आर्थिक क्षेत्रमा प्रगति कम हुने देखिन्छ। स्वास्थ्य बाधाले पिरोल्न सक्नेछ। भदौ, मंसिर महिना बढी शुभ रहनेछन्। असोज पछिको समय पारिवारिक रुपमा कमजोर रहनेछ। अनावस्यक शंकाले पारिवारिक मनमुटाव हुनेछ । सन्तानको लागि खर्च बढ्नाले सञ्चित धनको क्षय हुनेछ। वैवाहिक एवं पारिवारिक काममा धनको उपयोग हृनेछ। अध्ययन क्षेत्रमा सामान्य प्रगति हुनेछ। जेठमा स्वास्थ्यमा बाधाहुनेछ। असोजमा मान हानि एवं सरकारी झमेला मिल्नेछ। माघमा धनको नाश एवं स्थानको परिवर्तन हुनेछ। फाल्गुनमा वैदेशिक फाइदा मिल्नेछ। जग्गा जमिन सम्बन्धि काममा फाइदा एवं धनको कारणले घरायसी वादविवाद एवम मुद्दामामिलाको सम्भावना रहन्छ।

मीन–वर्षको सुरुमा यात्राको संयोग मिल्नेछ । टाढाको मित्रसँगको सहकार्यमा नयाँ काममा धनको लगानी हुनेछ। कृषि एवं पशुपालनमा मनग्य आम्दामी हुनेछ। सन्तानको स्वास्थ्यमा समस्या एवम धनको हानि हुनेछ। मंसिर पछि भने आकस्मिक रुपमा आर्थिक प्रगति हुनेछ। प्राविधिक क्षेत्र एवम कृषि क्षेत्रबाट राम्रो आम्दानी हुनेछ। सन्तान सम्बन्धि चिन्ता भने बढ्ने एवम वैदेशिक कामको लागि अध्ययनमा बढी खर्च हुनेछ। वैवाहिक एवम प्रेम प्रसंगमा भने सफलता मिल्नेछ। अध्ययन क्षेत्रमा सामान्य प्रगति हुनेछ। पैतृक सम्पत्ति एवम माटो खनीज सम्बन्धि व्यवसायबाट अर्थोपार्जन हुनेछ। असोज एवम पुस महिना राजनीतिक एवम सामाजिक पहुँच मिल्नेछ। कार्तिक एवम फाल्गुन महिना स्वास्थ्यको लागि कमजोर हुनेछन्। साउन महिनामा भने पारिवारिक द्वन्द बढ्नेछ। मिन राशिका लागि यो वर्ष पारिवारिक र स्वास्थ्यको लागि कमजोर भए तापनि आर्थिक र राजनीतिक हिसाबले राम्रो हुनेछ ।

ज्योतिष एवम वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …