Logo बैशाख २९, २०७८ बुधबार


रौतहटमा एमालेको समानान्तर कमिटी घोषणा

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहले देशभर पार्टी पुनर्गठन अभियानकाे क्रममा आज रौतहटमा समानान्तर कमिटी घोषणा गरेको छ। वरिष्ठ नेता नेपालको उपस्थितिमा कमल राय यादवको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरेको हो।

चन्द्रपुर नगरपालिकामा आयोजित एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलाले यादवको अध्यक्षतामा रहेको विद्यमान ७३ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको हो।

भेलामा वरिष्ठ नेता नेपालसहित घनश्याम भुसाल, नागेन्द्र चौधरी, रामचन्द्र साह, सरला यादव, राम कुमार भट्टराई, प्रदेश २ कमिटीका सदस्यहरू, जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारीहरू तथा जिल्लाभरका करिब ८ सयभन्दा बढी नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

भेलालाई वरिष्ठ नेता नेपाल, घनश्याम भुसाललगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…