Logo जेठ ३, २०७८ सोमबार


आईपीएलमा कोलकोत्ताकाे विजयी सुरूवात

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकोत्ता नाइट राइडर्सले जितका साथ नयाँ संस्करणको सुरुवात गरेको छ । गएराति भएको खेलमा कोलकोत्ताले सनराजर्स हैदरावादलाई १० रनले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको कोलकोत्ताले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनायो ।

कोलकताका लागि नितिश रानाले ८० रन बनाउँदा राहुल त्रिपाठीले ५३ रनको योगदान गरे । दिनेश कार्तिक २२ रनमा अभिजित रहे । हैदरावादका लागि मोहमद नावी र राशिद खानले समान दुई दुई विकेट लिए ।

जवाफमा हैदारावाद २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७७ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको हैदरावादले १० रन बनाउँदा दुई विकेट गुमाएको थियो । उसका ओपनर डेविड वार्नर तीन रनमा आउट भए भने रिद्धमान शाह सात रनमा आउट भए ।

तेस्रो विकेटका लागि मनिश पाण्डे र जोनी ब्रेस्टोले ९२ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । तर ब्रेन्टो ५५ रनमा आउट भएपछि हैदरावादले एक सय दुई रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका मोहम्मद नाबीपनि मात्र १४ रनमा पेभेलियन फर्किदा हैदरावाद दबावमा परेको थियो ।

त्यसपछि विजय शंकरले पनि मात्र ११ रन बनाए भने मनिश पाण्डे ६१ रनमा अविजित रहे । यस्तै, अब्दुल सामादले १९ रनको योगदान गरे । बलिङमा प्रशिद कृष्णले दुई, सकिव अल हसन, पाट कुमिन्स र आन्द्रे रसेलले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…