Logo बैशाख २९, २०७८ बुधबार


देउवाको भित्री चाहना निर्वाचन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकार विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको केही समय बितेको छ । पार्टी निर्णयपछि सभापति शेरबहादुर देउवाले कांग्रेस नेतृत्वमा सरकार बनाउने भन्दै माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफलसमेत गर्नुभएको छ ।

बाहिरबाट हेर्दा सभापति देउवाको सक्रियता सरकार बदल्न लागिरहेजस्तो देखिन्छ पनि । तर देउवाको भित्री चाहना भने सरकार बदल्ने भन्दा बढी नयाँ निर्वाचनमा जानुपर्ने रहेको देखिएको छ । त्यसो त कांग्रेसको चाहना पुरा हुन नदिने गरी कांग्रेस, माओवादी र जनता समाजवादीको गठबन्धन बन्न नदिन जसपाका नेताद्धय महन्थ ठाकुर र राजेन्द्र महतो समूह निकै सक्रिय बन्दै गएको छ ।

ठाकुर र महतो मुद्दाका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिएकोले देउवालाई आफ्नो नेतृत्वमा सरकार बनिहाल्ने कुरामा विश्वास पनि देखिन्न । स्रोतका अनुसार राजनीतिको अंकगणितलाई राम्ररी नियालेका र प्रधानमन्त्री केपी शर्मा ओलीसँग ठाकुर र महतोको साँठगाँठ बुझेका देउवाले कांग्रेस नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नदेखेरै चुनावमा जानुको विकल्प नरहेको बताउनु थाल्नुभएको हो ।

उसो त चैत २१ गते आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माण लागि पार्टीले निर्णय गरे पनि त्यो देउवाको रुचिको विषय थिएन । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको दबाबमा देउवा सरकारमा जाने निर्णय गर्नुपर्ने बाध्यतामा परेको सजिलै बुझ्न सकिन्छ ।

कांग्रेस नेताहरुका अनुसार ठाकुर र महतो सरकार निर्माणमा सामेल हुन्छन् र आफूलाई समर्थन गर्छन् भन्नेमा सुरुदेखि नै देउवालाई विश्वास थिएन । त्यसैले शुरुदेखि नै सरकार बनाउने भन्दा निर्वाचनमा जाँदा कांग्रेसलाई फाइदा हुने देउवाको निश्कर्ष हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…