Logo जेठ २, २०७८ आइतबार


शैक्षिक संस्था बन्द नगराउन सरकारलाई सरोकारवालाको सुझाव

काठमाडौं । शैक्षिक क्षेत्रका सरोकारवालाहरुले कोरोना संक्रमणको निहूँमा शैक्षिक संस्था बन्द नगराउन सरकारलाई सुझाव दिएका छन् ।

शिक्षा मन्त्रालयसँगको छलफलमा उनीहरुले परीक्षाहरु आइरहेको भन्दै विद्यालय बन्द गर्न नहुने सुझाव दिएका हुन् ।

नयाँ प्रजातिको कोरोनाभाइरसको जोखिम बालबालिका र युवामा देखिन थालेपछि संक्रमण बढेका ठाउँमा शिक्षण संस्था बन्द गर्ने बारे मन्त्रालयले सरोकारवालाहरुसँग आज विहान छलफल गरेको हो ।

छलफलमा सहभागी परीक्षा बोर्डका अध्यक्ष डा चन्द्रमणी पौडेल,नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु,प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघहरुले विद्यालय बन्द नगर्न सुझाव दिएका हुन् । विद्यालय बन्द गर्नै परे स्थानीय तहहरुले त्यहाँको अवस्था हेरेर गर्न सकिने सहभागीहरुले सुझाव दिएका छन् ।

शिक्षा सचिव रामप्रसाद थपलियाले छलफलमा उठेका कुराहरुलाई सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने बताउनुभयो । सीसीएमसीले यसअघि नै काठमाडौं लगायतका शहरी क्षेत्रमा कम्तिमा ३ साता शिक्षण संस्था बन्द गर्न प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…