Logo जेठ ३, २०७८ सोमबार


प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिताकाे उपाधि सिनिपुलाई

रामेछाप । प्रथम दोरम्बा शहीद स्मृति फुटबल प्रतियोगिताको उपाधि सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले उचालेको छ । आज (साेमवार) दिउँसो १ बजे भएको खेलमा सिनिपु गुम्बा मगर सेवा समाज टोकरपुरले २ गोल गर्दै अर्गानिक भिलेज नागीलाई हराएको हो ।

सेमिफाइलमा सिनिपुले दिपशिखालाई ५–४ ले गोल अन्तरले हराउँदै प्रवेश गरेका थियो भने नागीले लालिगुराँस युवा क्लब लखनपुरलाई ४–१ हराउँदै फाइनलमा प्रवेश गरेको थियो । सिनिपुका जर्सी नम्बर ११ का सुरेश खत्रीले खेलको ५५ औँ मिनेटमा गोल गरी जितको लागि खाता खोलेका थिए । सिनिपु कै जर्सी नम्बर ९ का ओम प्रकाश दनुवारले खेलको ६०औँ मिनेटमा गोल गरेसँगै अर्गानिक भिलेज नागीलाई २ गोलको भार परेको थियो । तर जवाफी गोल प्रहार र्ग नसक्दा अर्गानिक भिलेज नागी उपविजेतामा नै सिमित हुन पुग्यो ।

त्यस्तै, खेलमा विजेता समूहकै खेलाडी ओम प्रकाश दनुवार उत्कष्ट खेलाडीको लागि घोषित भएका छन् ।

तेस्रो स्थान ओगट्न दिपशिखा ब्वाइज युवा क्लब मन्थली–२ सफल भएको छ । दिपशिखा ब्वाइज क्लबले, लालिगुराँस युवा क्लब लखनपुरलाई ३–० ले पराजित गरेको थियो । दिपशिखाका तर्फबाट २१ आ मिनेटमा जर्सी नम्बर ९ का सुनिल श्रेष्ठले गाल गरी पहिलो खाता खोलेका थिए । भने जर्सी नम्बर २३ निकेश कार्कीले खेलको २५ मिनेटमा गोल गरेका थिए भने सोही टिमका जर्सी नम्बर ५ का जितेन कार्कीले ३४ मिनेटमा अर्को गोल गरेका थिए ।

चैत्र २४ गते देखि २९ गतेसम्म चलेको खेलमा १७ ओट टिमको सहभागिता रहेको थियो ।

खेलमा प्रथम हुने टिमको लागि नगद एक लाख ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र, द्धितीय हुने टीमको लागि नगद १ लाख, मेडल र प्रमाण पत्र, तृतीय हुने टीमका लागि नगद पचास हजार, मेडल र प्रमाण पत्र, सान्त्वनाको लागि नगद २० हजार तथा उत्कष्ट खेलाडीका लागि नगद ५ हजार र ट्रफीसहितको पुरस्कार राखिएको छ ।

तेस्रो विजेताका लागि रियल ग्रिन फ्यासेलिटि म्यानेजमेन्ट एलएलसी साइन भिलेज क्लिनिंग सर्भिस एलएलसीका सविन योन्जनले दुबईबाट प्रायोजन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…