Logo बैशाख ३१, २०७८ शुक्रबार


राष्ट्रिय भेलाको निर्णयअनुसार परिचालित हुन एमाले खनाल–नेपाल समूहको निर्देशन

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय भेलाको निर्णयअनुसार परिचालित हुन निर्देशन दिएको छ ।

नेता माधवकुमार नेपालले मातहतका कमिटीलाई राष्ट्रिय भेलाका निर्णय त्यसअघि र पछि भएका स्थायी तथा केन्द्रीय कमिटीका निर्णयहरुसमेत समावेश गरेर सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिनुभएको हो । सर्कुलरमा प्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको कदमलाई कालो दिनको रुपमा अर्थ्याइएको छ ।

अदालतले एमाले ब्यूँताएपछि ओलीले फागुन २८ गते एमाले विघटन गर्ने कदम चालेको र त्यसले आफूहरुलाई राष्ट्रिय भेला गर्न बाध्य गराएको नेता नेपालको भनाइ छ । खनाल–नेपाल समूहले दुई महिने पार्टी वैचारिक तथा संगठनात्मक सुदृढिकरण अभियान सञ्चालन गर्ने योजना पारित गरेको छ ।

सोही अभियान अन्तर्गत पार्टी र जनसंगठनका सबै तहका बैठक तथा भेला गर्ने, कमिटी विस्तार तथा पुनर्गठन गर्ने, प्रशिक्षण अभियान सञ्चालन गर्ने नेता नेपालले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा विशेष कार्यक्रम गर्न, सबै जिल्ला कमिटीले ओलीको कार्यविरुद्ध कार्यक्रम गर्न पनि नेता नेपालले निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…