Logo बैशाख ३१, २०७८ शुक्रबार


प्रधानमन्त्रीलाई नेता गिरीकाे सुझाव : सकुनीले जस्तो पासा फ्याकेर संसद विघटनकाे दिशामा नजानुहाेस्

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले दोश्रो पटक पनि संसद भंग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सकुनीले जसरी दोश्रो पटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई आग्रह गर्नुभएको हो ।

उहाँले सकुनीले जस्तो दोश्रो पटक पासा फ्याकेर संसद विघटन गर्ने दिशामा अघि नबढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । उहाँले संसदलाई पुरा कार्यकाल काम गर्न दिने अवस्था सृजना गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय नीतिलाई आफ्नो तजबीजको कुरा नमानिकन संसदका प्रत्येक पार्टीले उठाएका र नागरिक समाजले उठाएका ज्वलन्त सवाललाई सम्बोधन गरी नयाँ उचाई प्राप्त गर्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “जालझेल गरेर सकुनीले पासा फ्याके जस्तो गरेर दुवारा पासा फ्याकेर , सकुनीले दुई पटक पासा फ्याकेका थिए । एकपटकको पासालाई द्रौपतीको प्रतिउत्तर निरस्त्र गरेको थियो । दुवारा पासा फ्याकेर फेरि पाण्डवलाई जंगल पठाए जस्तो संसद विघटन गर्ने दिशामा कृपया नगईदिनोस्।”

व्यवस्था र व्यक्ति फरक कुरा भएको भन्दै व्यवस्थामा भएका त्रुटीलाई व्यक्तिले सही नियतका साथ परिष्कार र परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद नै भंग गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “म मेरै गोरुको बाह्रै टक्का भन्ने पक्षमा छैन तर मलाई शंका छ, हाम्रा शिर्षस्थ मानिस, मुलुकका सबैभन्दा प्रभावशाली मानिस, मुलुकको सबैभन्दा बलियो मानिस, (प्रधानमन्त्री भन्न चाहन्न) भन्दै हुनुहुन्छ कि मै ठिक छु, मेरा कुरा सबै तिमीहरुले मान ।”

शनिवार राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदको अंकगणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजिए “सकुनीका गोटी” नै फ्याँक्ने बताउनुभएको थियो । उहाँले, ‘संसदको अंंकगणितलाई वरपर पार्न खोज्ने खालका सकुनीका गोटी पनि फ्याकिने छन् । गोटी नै फ्याक्दिएपछि सकुनीले के लडाउँछ ?” भन्नुभएको थियो ।

सभामुखलाई समेत विश्वासमा लिन नसकेको भन्दै सांसद गिरीले विभिन्न समयमा र परिस्थितिका राजनीतिक असन्तुष्टीहरु थपिदै आएर चरम राजनीतिक संकटको रुपमा देखापरेको टिप्पणी गर्नुभयो । अरुलाई दोषारोपण गर्नुभन्दा आफै भित्र चिन्तन गरेर संकटको घडीमा सबै एक भएर राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । म मेरै गोरुको बाह्रै टक्का भन्ने अडानबाट पछि हटेर सबै विकल्पहरुमा गम्भीर छलफल र परामर्श गरी निर्वाचनमा जाने भएपनि राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…