Logo बैशाख २९, २०७८ बुधबार


नेपाली भाषालाई भारतमा सहायक–भाषाको मान्यता

कालिम्पोङ । भारत सरकारले नेपाली भाषालाई सरकारले सहायक–भाषाको मान्यता दिने घोषणा गरेको छ ।

सोमबार कालिम्पोङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भारतीय गृहमन्त्री अमित शाहले नेपाली भाषालाई भारत सरकारको सहायक–भाषाको मान्यता दिने घोषणा गरेका हुन् । उनले नेपाली भाषामा प्रसारण हुने मनोरञ्जनात्मक टेलिभिजन च्यानल स्थापना गर्ने तयारी समेत भारत सरकारले गरिरहेको जानकारी दिए ।

पाकिस्तानसँगको लडाइ र भारत निर्माणमा गोर्खाली समुदायको योगदानको गृहमन्त्री शाहले उच्च प्रशंसा गरे । सम्बोधनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सबै गोर्खाली समुदायलाई नोकरीको समेत सुनिश्चितता गर्ने दाबी गरे ।

साथै कालिम्पोङ क्षेत्रको पर्यटन विकासमा १ हजार करोड बजेट विनियोजन गरेको पनि गृहमन्त्री शाहले जानकारी दिए ।

नेपाली ढाकाटोपी लगाएर मञ्चमा प्रस्तुत भएका शाहले बंगालका मुख्यमन्त्री ममता बेनर्जीको कडा शब्दमा निन्दा गरे ।

फोटो : एएनआइ

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…