Logo बैशाख ३०, २०७८ बिहीबार


रुपन्देहीमा नेपाल–खनाल समूहको समानान्तर कमिटी गठन

रुपन्देही । रुपन्देहीमा नेकपा एमालेको नेपाल–खनाल समूहले समानान्तर कमिटी गठन गरेको छ । माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले जिल्लामा राजु गुरुङको अध्यक्षतामा दुई सय पाँच सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा जिल्ला कमिटी घोषणा भएको हो ।

जिल्ला विस्तारित बैठकपछि भएको कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ । क्षेत्रीय कमिटी, पालिकास्तरमा गठन गर्ने तयारी भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…