Logo बैशाख २९, २०७८ बुधबार


पत्रकार दाहालमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न प्रेस युनियनको माग

काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले समाचार संकलनका क्रममा नयाँ पत्रिकाका पत्रकार केदार दाहालमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न माग गरेको छ । लैनचौरस्थित भारतीय दूतावासअगाडि रिपोर्टिङमा रहेका बेला पत्रकार दाहालमाथि मंगलबार दुर्व्यवहार गर्ने प्रहरीलाई कारवाहीकाे माग गरेकाे हाे ।

सो घटनाको भर्त्सना गर्दै प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुाललले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

‘नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलनका क्रममा पत्रकार दाहालमाथि भएको आक्रमणको नेपाल प्रेस युनियन काठमाडौं शाखा घोर भर्त्सना गर्दछ, ‘अध्यक्ष दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार दाहालमाथि समाचार संकलनका क्रममा नेपाल प्रहरीले गरेको ज्यादती एउटा पत्रकार माथिको आक्रमण मात्र नभएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो भन्ने ठहर छ । समाचार संकलनमा अवरोध गर्ने र पत्रकारमाथि दुर्व्यवहार गर्ने प्रहरीमाथि तत्काल छानविन गरी कडा कारवाहीको माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…