Logo बैशाख २९, २०७८ बुधबार


पूर्वप्रधानमन्त्री डा भट्टराई र यादव देउवा निवास बुढानिलकण्ठमा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुग्नु भएको छ ।

उहाँहरु नयाँ सरकार निर्माणका लागि दलको गठबन्धन, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल गर्न देउवा निवास बुढानिलकण्ठ पुग्नु भएको हो ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार तीन नेताबीच वर्तमा राजनीतिक घटनाक्रम र सत्ता समिकरणका विषयमा छलफल भइरहेको हो ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले आफ्नै नेतृत्वमा सरकारका लागि पहल गर्ने निर्णय गरेको गरिसकेको छ भने माओवादी केन्द्र र जसपासँग पनि आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव यसअघि बसेको तीन दलको बैठकमा राखिसकेको छ। कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका विषयमा जसपालले औपचारिक निर्णय गरेको छैन । यद्यपी कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि साथ दिन जसपालाई औपचारिक आग्रह गरिसकेको छ ।

वर्तमान सरकार विस्थापन गर्ने विषयमा जसपाले औपचारिक निर्णय नगर्दा नयाँ सरकार गठनकाे प्रक्रिया शुरू हुन सकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…