Logo बैशाख २८, २०७८ मंगलबार


खेलकुद प्रशिक्षककाे जागिर छाेडेर माहुरी पालन

सांकेतिक तस्बिर

धर्मराज कठायत

कञ्चनपुर । विभिन्न चुनौतिका वावजुत कञ्चनपुरका एक किसान सफल माहुरी पालक किसान बन्न सफल भएका छन् । खेलकुद प्रशिक्षकको जागिर छोडेर मौरी पालन जस्तो जटील कृषि पेशा अंगालेका उनी एक कुशल र सफल कृषक बन्न सक्षम भएका हुन् ।

जिल्ला खेलकुद विकास समिति दार्चुलामा कुस्ती प्रशिक्षकको रुपमा काम गर्दै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का नरेन्द्र खत्रीले केही समय जिल्ला खेलकुद विकास समिति कैलालीमा प्रशिक्षकको रुपमा काम गरेका थिए ।

राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै आएको खत्रीले राष्ट्रका लागि कृषि भन्ने नारालाई प्रमुख ध्येय बनाउदै खेलकुल क्षेत्रलाई छोडेर माहुरी पालन पेशा अंगाले थिए । पाँच वर्ष पहिले कुस्ती प्रशिक्षकको जागीर छोडेर कर्मथलो कैलालीबाट पाँच घार माहुरी ल्याएर कञ्चनपुर फर्किएका खत्रीले अहिले एक सयभन्दा बढी घार पुर्याएका छन् । कञ्चनपुरमा माहुरी पालन सफल हुँदैन भनेर धेरैले मनोवल घटाउने काम गरेपनि कहिले हार नमानेका खत्री अहिले सफल किसान बनेका छन् ।

यूरोपियन मेरिफेरा जातको माहुरी पालेका खत्री माहुरी नै मानव जीवनको महतवपूर्ण जीव भएको हुँदा यसबाट धेरै फाईदा लिन सकिने बताउनुहुन्छ । कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

यस पेशामा आवद्ध हुने जो कोहीलाई  निशुल्क प्राविधिक सल्लाह प्रदान गर्न कहिल्यै पछि नपर्ने खत्री मानिसहरुले समेत माहुरी जस्तै मेहेनति बन्न सके जीवन सफल हुने बताउनुहुन्छ । विदेशिने युवालाई समेत स्वदेशमै मिहेनत तथा संघर्ष गरेर मजदुरबाट मालिक बन्ने प्रेरणा समेत  दिने गरेका छन् ।

सरकारले किसानका लागि विभिन्न योजना बनाएर काम गरिहेको भएपनि वास्तविक किसानलाई समेट्ने गरी खासै योजना बन्न सकेको छैन । वेरोजगार युवालाई कृषिमा आत्मनिर्भर बनाउन केन्द्रबाट मात्र होईन सम्बन्धित क्षेत्रबाट योजना बनाउन सके अझै समय सापेक्ष हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …