Logo जेठ ३, २०७८ सोमबार


खानेपानीको सहजतापछि स्थानीय खुशी

रामभरोसि यादब
सिरहा । वर्षौदेखि झण्डै दुई किलोमिटर टाढाबाट खानेपानी ल्याउनुपर्ने वाध्यता रहँदै आएको जिल्लाको उत्तरवर्ती क्षेत्र धनगढीमाई नगरपालिका–१४ अम्बासका स्थानीयलाई घरघरमै खानेपानीको धारा आएपछि स्थानीयमा खुशियाली छाएको छ ।

धनगढीमाई नगरपालिका र लिवर्ट संस्था एवम् स्थानीयको साझेदारीमा निर्माण सम्पन्न भएको अम्बास सिंचाई तथा खानेपानी जल उपभोक्ता समितिको आज विधिवत् रुपमा उद्घाटन भई घरघरमै जडित खानेपानीको धारामा पानी आएपछि स्थानीयहरु हर्षित् भएका हुन् ।

खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले सम्पन्न खानेपानी आयोजनालाई सबैले अपनत्व हुने गरी पानी खान आग्रह गर्नुभयो । खानेपानीको शुद्धताको बारेमा सबैले सचेत ढंगले अगाडि बढ्न आग्रह गर्नुहुँदै नगरप्रमुख चौधरीले दिर्घकालीन रुपमा खानेपानीलाई टिकाउन सबैको सहयोग अपरिहार्य रहेको जनाउनुभयो ।

भौगोलिक रुपमा कठिनाई रहेको उक्त क्षेत्रका २२ घर परिवारका नगरपालिकाको ७ लाख १९ हजार, लिबर्ड संस्थाको ३ लाख असी हजार र करिव ५ लाख स्थानीय जनश्रमदान गरी झण्डै  १५ लाख ८८ हजार ६५५ रुपैयाको त्रीपक्षीय लगानीमा उक्त खानेपानी योजनाको काम सम्पन्न भएकाे हाे । निर्माण कार्य सम्पन्न गर्न ५ महिना समयावधि दिएपछि स्थानीयको लगनशीलताको कारण दुई महिना २० दिनमै उक्त आयोजना सम्पन्न हुन सफल भएकाे छ ।

१४ हजार लिटर अट्ने खानेपानी ट्यांकी निर्माणले त्यस वरपरका २२ घर परिवारलाई घरघरमै जडित धाराबाट खानेपानी उपलब्ध हुनेछ । त्यसबेला स्थानीयले खानेपानी घर घरमै ल्याई पुर्याइदिएको भन्दै नगरप्रमुख हरिनारायण चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ, ईन्जिनियर रामानन्द चौधरी, लिवर्ड संस्थाका प्रतिनिधिलगायतलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशभर सामान्य बदली रहेको छ महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

अनावस्यक खर्च हुनेछ । नोक्सानी बेहोर्नु पर्नेछ । यात्रामा समस्या आउनेछ ।

विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउने क्रममा नेताद्वय सवार जीप दासढुङ्गामा रहस्यमय रुपमा दुर्घटना भएको थियो ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने…

काठमाडौं । ‘मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सुण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…