Logo बैशाख ३०, २०७८ बिहीबार


एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उहाँले नयाँ खालको भाइरस बढ्दै गएपछि विद्यालय एक महिनासम्म कक्षा अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा समेत छलफल गरिएको जानकारी दिनुभयो ।

“कम्तीमा शहरी क्षेत्रका विद्यालय एक महिना अनलाइन कक्षाबाट सञ्चालन गर्ने कि भन्ने तयारी रहेको छ”, मन्त्री त्रिपाठीले भन्नुभयो । उहाँले विद्यालय अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमी आउने समेत बताउनुभयो । उहाँले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकोले डर लाग्दो रहेको बताउनुभयो । “१८ वर्षभन्दा मुनिका बालबालिकालाई खोप विकास भएको छैन”, उहाँले भन्नुभयो, “त्यसैले अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएकोले ती बालबालिकालाई खोपको लगाउन नमिल्ने भएकोले डर लाग्दो रुपमा फैलिन सम्भावना रहेको छ ।”

अहिलेको अवस्थामा संक्रमण बढ्दै गए जेठ र असारको अन्तिमसम्म दैनिक ११ हजार र छ लाख संक्रमित पुग्ने प्रक्षेपण गरिएकोसमेत उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…