Logo बैशाख ३०, २०७८ बिहीबार


आईपीएल: मुम्बईको संघर्षपूर्ण जित

एजेन्सी । आईपीएल क्रिकेट अन्तर्गत मंगलबारराति भएको खेलमा मुम्बई इण्डियन्सले संघर्षपूर्ण जित हात पारेको छ । मुम्बईले कोलकत्तालाई १० रनले हराउँदै संघर्षपूर्ण जित निकालेको हो । यसअघि बेंग्लोरसँग हारेको मुम्बईको यो पहिलो जित हो ।

मुम्बईले दिएको १५३ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रनमा सिमित भयो । मुम्बईलाई जिताउन राहुल चाहरले चार तथा टे्रन्ट बोल्टले दुई विकेट लिए ।

कोलकत्ताका लागि नितिश रानाले ५७ र शुभमान गिलले ३३ रन बनाएपनि टिमका लागि त्यो पर्याप्त भएन । त्यसअघि १५३ रनमा अलआउट भएको मुम्बईका लागि सुर्यकुमार यादवले ५६ र रोहित शर्माले ४३ रन बनाए । कोलकत्ताका आन्द्रे रसेलले पाँच विकेट लिए । जितसँगै मुम्बई २ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…