Logo बैशाख २८, २०७८ मंगलबार


सम्पर्क सूत्रहरु भन्छन्, ‘अब एमाले एकता असम्भव’

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का बनाउने सूत्र खोजिरहेका थिए ।

मूलत: बालुवाटार र कोटेश्वरबीच थप दरार पैदा हुन नदिने, पार्टी जोगाउन दुवै शीर्ष नेतालाई सचेत गराउने र संवादका माध्यामबाट एमालेलाई एकीकृत गर्ने नेताहरुको उद्देश्य थियो । तर दुवै पक्षले निरन्तर समानान्तर गतिविधि गरिरहेको र अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले एक अर्काविरुद्ध कडा अभिव्यक्ति दिन थालेपछि एकताका लागि सक्रिय सम्पर्क सूत्रहरुमा निराशा बढेको छ ।

पार्टी एकताका लागि सक्रिय नेताहरुका अनुसार ओलीले अदालतको फैसला बमोजिम एमाले ब्यूँतिएको मान्ने तर एकलौटी गरिएका निर्णय खारेज गर्न नमान्ने देखिएकोले खनाल-नेपाल समूह आक्रामक बन्दै गएको हो । नेता नेपालले केपी ओली कम्युनिष्ट आदर्शबाट विचलित भइसकेकोले अब नयाँ कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने बताउँदै आउनुभएको छ । नेपालको भनाइ छ, ‘ओलीले एमालेलाई दक्षिणपन्थी कित्तामा लगेर विलय गराउन खोजेकाले हामी देशभर एमालेको संगठन पुन: निर्माण गर्न लागिरहेका छौं ।’

खनाल-नेपाल समूहले मुलुकका ६७ जिल्लामा पार्टीको नयाँ नेतृत्व चयन गरिसकेको छ भने मुलुकबाहिर १३ देशमा आफ्नो नयाँ कमिटी निर्माण गरिसकेको छ । यो समूहका सबै प्रभावशाली नेताहरुले ओलीसँगको एकता असम्भव बन्दै गएको प्रष्ट अभिव्यक्ति पनि दिन थालेका छन् ।

खनाल-नेपाल पक्षले वडा तहसम्मै पार्टीका कमिटी बनाउन थालेपछि ओली पक्षले पनि अब एमाले एकढिक्का हुन नसक्ने निश्कर्ष निकालेको बताइन्छ । स्रोतका अनुसार एमालेभित्रको विशाल शक्तिलाई नेपाल पक्षले संगठित गरिरहेको र अब उनीहरुले अलग बाटो समातिसकेकाले एकता असम्भव देखिएको प्रधानमन्त्री ओलीको निचोड छ । ओलीले खनाल-नेपाल पक्षको संगठन निर्माणको अभियानलाई पार्टी फुटाउने प्रयत्न भन्दै नयाँ पार्टी बनाउने तयारी भइरहेको र त्यो कालान्तरमा माओवादीसँग मिल्ने देखिएको बताउन थाल्नुभएको छ ।

ओलीले एमाले एकता असम्भव देख्नुका पछाडि तिव्रताका साथ चलिरहेको खनाल-नेपालको संगठन निर्माणको अभियान नै हो । त्यस्तै, सरकारका विरुद्ध जुनसुकै दलले अविश्वासको प्रस्ताब दर्ता गरेपनि त्यसको पक्षमा मतदान गर्ने र आवश्यक पर्दा फ्लोर क्रससमेत गरिने खनाल-नेपाल पक्षीय नेताहरुको भनाइले ओली अब एकताका लागि संवाद भन्दा नेताहरुलाई थप कारवाही गर्ने तयारीमा जुटेको देखिन्छ ।

खनाल-नेपालको ध्यान संगठन निर्माणमा केन्द्रीत छ । ओलीबाट कम्युनिष्ट आदर्शमाथि हमला भइरहेको अभिव्यक्ति दुवै नेताले बारम्बार दिने गर्नुभएकाे छ ।  ओलीले अदालतको फैसलाबमोजिम एमाले ब्यूतिँदासमेत अर्को समूहलाई सँगै लैजान नचाहने र गरिएका गल्ती पनि नसुधार्ने देखिएपछि पार्टीलाई एकढिक्का बनाउने अभियानमा लागेका नेताहरु निराश बनेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …