Logo बैशाख ३१, २०७८ शुक्रबार


निजामति सेवामा आन्तरिक प्रतिस्पर्धा खारेज

काठमाडौं। मंगलबार जनतासमाचार डट्कम मा स्वास्थ्य मन्त्रालयद्वारा उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न सिफारिस्, विद्यालय बन्द गरेर भए पनि बालबालिकालाई बचाउनुपर्दछ स् जनस्वास्थ्यविद, चार दिन सार्वजनिक बिदा र वर्षको अन्तिम दिन सुनको भाउ घट्यो लगायत शीर्षकमा समाचार तथा विचार प्रकाशित गरिए।

बुधबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरुले कोरोना संक्रमण उच्च जोखिममा, अलमलमै जसपा, विकास खर्च कमजोर र नयाँ राष्ट्रपतिको सन्देश लगायतका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकले ‘झोला बोकेर विद्यालय जाँदै हजुरआमाहरू’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा तनहुँको व्यास नगरपालिकानिवासी ७१ वर्षीया मिश्रीमायादेखि ६५ वर्षीया अमृता आलेमगर र ६० वर्षीया धनमाया गौलीजस्ता हजुरआमा नियमित विद्यालय जाने गरेका समाचारमा उल्लेख छ ।
त्यसैगरी पत्रिकाले ‘निजामति सेवामा आन्तरिक प्रतिस्पर्धा खारेज’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा निजामती कर्मचारी अब आन्तरिक प्रतिस्पर्धाबाट माथिल्लो पदमा जान नपाउने भएका उल्लेख छ । यही साता संसद्मा पेस गरिएको निजामती कर्मचारी सेवासम्बन्धी विधेयकमा आन्तरिक प्रतिस्पर्धालाई हटाएर खुला प्रतिस्पर्धा र अन्तरतह प्रतियोगिताको प्रावधान राखिएको समाचारमा छापिएको छ । पत्रिकाले वरिष्ठ अधिवक्ताको उपाधि दिने विषय अलपत्र, देउवाले खोजे अंकगणितको सुनिश्चितता र देशले फेरि लकडाउन धान्न सक्दैन : कांग्रेस लगायत शीर्षकका समाचार तथा विचार छापेको छ ।

‘कोरोना बढेपछि भारतीयहरू नेपाल हुँदै तेस्रो मुलुक’ शीर्षकको समाचार आजको कान्तिपुर दैनिकले मुख्य पृष्ठमा छापेको छ । समाचारमा तेस्रो मुलुक जान भारतीय नागरिकले नेपालको हवाई रुट प्रयोग गर्न थालेका उल्लेख छ । समाचारअनुसार विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भारतीयको घुइँचो लाग्ने गरेको समाचारमा छापिएको छ । त्यसैगरी पत्रिकाले कलिलालाई कोरोना, नाकामा निगरानी फितलो र विद्यालय बन्द नगरे स्थिति भयावह : विज्ञ लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ।

आजको नागरिक दैनिकले ‘आज नयाँ वर्षको दिन प्रधानमन्त्रीले द्वन्द्वपीडितलाई सम्मान गर्ने’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारअनुसार नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रम तय भएको उल्लेख छ । पत्रिकाले धुवाँले बस्ती ढाक्दा श्वास फेर्न पनि गाह्रो, अनियमिमता भएको भन्दै सिरहाको कल्याणपुर नगरपालिकामा तालाबन्दी र विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ लगायत शीर्षकमा समाचार तथा विचारहरु प्रकाशित गरेको छ ।

गोरखापत्र दैनिकले भने ‘टेकु अस्पतालमा अन्य सेवा बन्द, काेराेनाको मात्र उपचार हुने’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड संक्रमितको मात्रै उपचार हुने भएको छ भने अन्य सेवा बन्द हुने भएको समाचारमा उल्लेख छ । त्यसैगरी पत्रिकाले ‘सुरक्षा खतराबाट मुलुक जोगाउनुपर्छ’, कोरोनाविरुद्ध साझा सङ्कल्प र एकताबद्ध भए राष्ट्र बलियो लगायतका शीर्षकमा पनि समाचारहरू छापेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…