Logo बैशाख ३१, २०७८ शुक्रबार


२५ जनाको समूहले चौकीमा तोडफोड गर्दा दुई प्रहरी घाइते

नुवाकोट । देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दा दुई प्रहरी घाइते भएका छन् । मंगलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयवासीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार प्रहरी चौकी देवीघाटले नियन्त्रणमा लिएको लु२ख १९२३ नं.को ट्रक र त्यसको चालक नरबहादुर थामामगरलाई कुटपिट गर्न खोजेपछि उनीहरुलाई बचाउने क्रममा प्रहरीमाथि आक्रमण गर्दै चौकी तोडफोड गरिएको हो ।

लिखु गाउँपालिका–५ बाट गएका करीब २५ जनाको समूहमा रहेका व्यक्तिले चौकीमा ढुङ्गा प्रहार गर्दा दुई प्रहरीको टाउकामा गम्भीर चोट लागेको छ भने चौकीको ढोका, ऐनालगायतका सामग्रीमा क्षति पुगेको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहानसम्म ११ जनालाई पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान अघि बढाएको जनाएको छ । ट्रकले ठक्कर दिएका ती दुई यात्री सामान्य घाइते रहेका छन् भने ट्रकका चालक उदयपुरका नरबहादुर रानामगर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…