Logo बैशाख २८, २०७८ मंगलबार


गुरुङ सरकारको दिनगन्ती शुरु, काँग्रेस नेतृत्वमा नयाँ सरकार बन्दै

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती शुरु भएकाे छ । यससँगै कांग्रेस नेतृत्वमा सरकार बन्दा काँग्रेसका कृष्णचन्द्र नेपाली पोख्रेल गण्डकी प्रदेशकाे  मुख्यमन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रले जस्तै राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै नयाँ सरकार गठनका लागि स्पष्ट बहुमत पुगेको छ । अब गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार बन्ने पक्काजस्तै भएको छ । गणितीय रुपमा एमाले एक्लैको सरकार असम्भव बन्दै गएपछि मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार विस्थापन हुने भएको हाे ।

नेपाली काँग्रेस र माओवादी केन्द्रबीच नयाँ सरकारको नेतृत्व कांग्रेसले लिने सहमति बनिसकेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको एक सहमतिपछि गण्डकीको मुख्यमन्त्री काँग्रेसले लिने टुंगो लागेको हो । स्रोतका अनुसार एक/दुई दिनभित्र मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने कांग्रेस र माओवादी केन्द्रको तयारी छ ।

यस्तो छ, संसदीय अंकगणित

६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । मुख्यमन्त्री गुरुङ नेतृत्वको नेकपा एमालेसँग २७ सांसद मात्रै छन् ।

प्रदेशकाे दोस्रो ठूलो दल नेपाली काँग्रेसका १५ प्रदेशसभा सदस्य छन् भने माओवादी केन्द्रका १२ छन् । माओवादीबाट निर्वाचित नेत्रनाथ अधिकारी सभामुख हुनुहुनछ । सभामुखले सरकार गठनमा मत दिन मिल्दैन । त्यस्तै, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीका २ प्रदेशसभा सदस्य छन् ।

माओवादी केन्द्रका २ मन्त्रीले राजीनाना दिएसँगै मुख्यमन्त्री गुरुङले बहुमत सुरक्षित गर्न राष्ट्रिय जनमोर्चाको समर्थन लिने प्रयास त गर्नुभएको थियो तर सफल हुनु भएन । जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेपछि गुरुङ नेतृत्वको सरकार ढल्ने र काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने निश्चित बनेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …