Logo बैशाख ३१, २०७८ शुक्रबार


मधेसमा जुडशितल पर्व मनाइँदै

रामभरोसि यादव
सिरहा । नयाँ वर्षलाई स्वागत गर्दै मधेसका जिल्लाहरुमा आज (बिहिबार) जुडशितल पर्व मनाइँदैछ । नयाँ वर्षको अवसरमा बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किँदै आशिर्वाद दिएर जुडशितल पर्व मनाउने प्रचलन छ ।

वर्षभरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशिर्वाद दिने र सानाले पनि मान्यजनबाट आशिर्वाद लिने प्रचलन रहिआएको छ । यसै दिन खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी पनि हाल्ने गरिन्छ ।

जुडशितल पर्वमा एक दिन पहिले पकाएको बासी भात चुल्हो देवतालाई चढाउने गरिन्छ । सोमबार तरार्इ मधेशका घर, घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा र भुजुवालगायतको भोजन बनाएर खाने परम्परा छ । जुडशितलको अवसरमा प्रदेश २ सरकारले आज पनि सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…