Logo बैशाख २८, २०७८ मंगलबार


एमसीसीलाई निर्णयार्थ प्रस्तुत नगर्दा सभामुखप्रति ओली आक्रोशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसदमा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षको पहिलो दिन बुधबार देशवासीका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई लक्षित गर्दै संविधान नै नमान्ने र जिद्दी प्रवृत्ति झेल्नुपरेको गुनासो गर्नुभयो । सरकारले टेबुल गरिसकेको प्रतिवेदन सभामुख सापकोटाले रोकेको आरोप प्रधानमन्त्रीको आरोप छ । सरकारले संसदमा निर्णयार्थ पेस गर्न माग गर्दा पनि प्रतिवेदन अहिलेसम्म पेस नभएको भन्दै ओलीले असुन्तष्टि व्यक्त गर्नुभएको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले एमसिसी विगतको सरकारको कार्यक्रमको निरन्तरता भएको बताउनुभयो । ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसिसी सम्झौता गरिएको थियो । त्यो संसदमा टेबुल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं’ प्रधानमन्त्रीको भनाइ छ ।

सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार अरुसँग हुँदैन, प्रस्तुत गर्नैपर्ने हुन्छ तर यहाँ प्रस्तुत हुन सकेको छैन’, प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । संसद् अधिवेशन सुरु भएको पहिलो दिन प्रस्तुत गर्नुपर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिएर अप्रिय स्थिति उत्पन्न गरिएको प्रधानमन्त्रीको जिकीर छ । आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता कायम गरी सम्पूर्ण सामर्थ्य देश विकासमा लगाउन जरुरी भएको बताउनुभयो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …