Logo बैशाख २८, २०७८ मंगलबार


भारतबाट फर्किनेहरूमा कोरोनाको उच्च जोखिम

धनगढी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना संक्रमण बढ्दै गएको पाइएको छ । भारतमा कोरोना संक्रमण उच्च गतिमा बढिरहेको बेला त्यहाँका विभिन्न सहरबाट काम गरेर फर्किरहेका नेपालीमा पनि संक्रमण बढिरहेको पाइएको हो ।

गौरीफन्टा नाकाबाट सबैभन्दा बढी नेपाली फर्किरहेका छन् । जसमध्ये धेरैलाई कोरोना पुष्टि भएको छ । चैत ३ देखि ३० गतेसम्म यो नाकाबाट फर्किएका मध्ये ८ हजार ८ सय ८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

जसमध्ये ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार दिउँसो सम्ममा गौरीफन्टा नाकाबाट आएकामध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

चैत २० गते यता भारतबाट आउनेमा कोरोना संक्रमण बढी मात्रामा पुष्टि भएको नाकामा खटिएका जिल्ला स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी अमित विक बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …