Logo बैशाख २८, २०७८ मंगलबार


मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्ताव अन्तिम चरणमा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति बनेको हो ।

अविश्वास प्रस्ताबबारे तीव्रताका साथ छलफल शुरु भएको माओवादी नेताहरुले जनाएका छन् । प्रदेश सभाका एक कांग्रेस सांसदले पनि भोलि (शुक्रबार) सम्म अविश्वास प्रस्ताव ल्याउने तयारी अघि बढेको जानकारी दिए । यसबारे लुम्बिनी प्रदेशमा क्रियाशील पार्टीहरुका बीचमा आन्तरिक छलफल निकै तीव्र भएको उनको भनाइ छ ।

स्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच केन्द्रीय तहमा नै अविश्वास प्रस्ताव ल्याउनेबारे सहमति बनिसकेको छ । कांग्रेसले गण्डकी र माओवादी केन्द्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउनेगरी सहमति जुटेको स्रोतको दावी छ ।

यस्तो छ, प्रदेश संसदको अंकगणित

लुम्बिनी प्रदेशमा एमालेका ४१ सांसद छन् । ८७ सांसद रहेको यो प्रदेशमा माओवादी केन्द्रका २०, कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता भए मुख्यमन्त्रीको विरुद्धमा मतदान गर्ने प्रष्ट पारिसकेको छ । लुम्बिनी प्रदेशमा पनि जनमोर्चाले कांग्रेस माओवादी गठबन्धनलाई नै साथ दिने संकेत दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …