Logo बैशाख २८, २०७८ मंगलबार


सरकारको नीतिविरुद्ध सिंहदरबारभित्रै प्रदर्शन

काठमाडौं । सरकारको नीतिविरुद्ध देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै प्रदर्शन भएको छ ।

बिहीबार राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा कर्मचारीले सिंहदरवारभित्रै विरोध प्रदर्शन गरेका हुन् ।

कर्मचारीहरुले प्रस्तावित संघीय निजामती सेवा ऐनमा राखिएका प्रावधानहरूले कर्मचारीको वृद्धि विकासमा बाधा पुग्ने भन्दै त्यसलाई सच्याउन माग गरेका छन् ।

कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेको गरेका हुन् । सांकेतिक रुपमा कार्यालयको कामलाई बाधा नपर्नेगरी प्रदशेन गरिएको एक र्कचारीले बताए ।

ऐनमा निजामती सेवामा बहाल रहेका कर्मचारीहरुले अर्को तहमा खुल्ला प्रतिस्पर्धाबाट पास गरेमा त्यसको सेवा अवधि गणना नगर्ने, उमेर हद र विभिन्न श्रेणीमा आन्तरिक प्रतिस्पर्धा नै गर्न नपाउने जस्ता व्यवस्था गरिएको छ ।

उक्त व्यवस्था गरिएको निजामति संघीय ऐन संसदको राज्य व्यवस्थाबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधिसभामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …