Logo बैशाख २८, २०७८ मंगलबार


घर जग्गाको नक्सा घरबाटै, शुल्क बुझाउन मालपोत जानै नपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैं प्रिन्ट गर्न मिल्ने व्यवस्थाको शुभारम्भ गर्नुहुने भएको छ ।

नापी विभागमा आज आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री ओलीले उक्त व्यवस्थाको शुभारम्भ गर्न लाग्नु भएको हो । उक्त व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन मालपोत कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ ।

‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर उक्त सेवा लिन सकिने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिनुभयो । सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन उक्त सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी ढकालका अनुसार आज उक्त सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा लागु हुनेछ । त्यसपछि एक हप्ताभित्र काठमाडौं उपत्यकाभरी र क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …