Logo बैशाख ३१, २०७८ शुक्रबार


अविश्वासको प्रस्ताव छल्न गण्डकी प्रदेशको संसद अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गएराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नु भएको हो । अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गर्नु भएको हो ।

तर, बजेट अधिवेशन नजिकै भएकाले मुख्यमन्त्रीलाई सजिलो भने नरहेको नेताहरुको भनाई छ । गत चैत २५ गतेदेखि मात्रै विधेयक अधिवेशन सुरू भएको थियो । ३ दिन चलेको संसद ६ गतेसम्मका लागि स्थगित गरिएको थियो । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।

यसैबीच, गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएपछि विशेष अधिवेशन बोलाउने विषयमा प्रतिपक्ष दलहरुले तयारी थालेका छन् । अहिले केहीबेरमा जनता समाजवादी पार्टी जसपा र कांग्रेसबीच अबको रणनीतिबारे छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…