Logo बैशाख ३०, २०७८ बिहीबार


भारतमा एकैदिन २ लाखभन्दा बढीमा कोरोना संक्रमण, १ हजारकाे मृत्यु

एजेन्सी। पछिल्लो २४ घण्टामा भारतमा २ लाखभन्दा बढीमा कोरोना संक्रमण भएको छ । एकैदिन २ लाख ७ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । त्यस्तै, एकैदिन एक हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ। योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार २ सय ७४ पुगेको भारतको समाज कल्याण मन्त्रालयले जनाएको छ।

कोरोना शुरु भएयता भारतमा पहिलोपटक एकैदिन दुई लाख भन्दा धेरै संक्रमित थपिएका हुन् । योसँगै कोरोनाले धेरै असर गरेका देशहरुमध्ये भारत दोस्रो बनेको छ । अमेरिका पहिलो नम्बरमा छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट थप १ हजार ३८ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १२३ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…

जपाको पूर्ण समर्थन नभएको अवस्थामा एमालेका माधवकुमार नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिए मात्रै कांग्रेसले नयाँ सरकार निर्माणमा सफलता प्राप्त…

हाल देशभर आँशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ।

प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ । पैसाको जोहो हुुनेछ ।

संघले बुधवार विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो ।

कार्यालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीलाई परीक्षण गराई रोगको निदानका लागि समुचित औषधि प्रयोग गर्न गराउनसमेत आग्रह गरेको छ…