Logo बैशाख २८, २०७८ मंगलबार


माननीय ज्यू, नासुको आँसु देख्नुभएन ?

काठमाडौं । नासु पदका कर्मचारीले सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् । ‘माननीय ज्यू, नासुको आँसु देख्नुभएन ?’ को नारा लगाउँदै नायव सुब्बा पदका कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि भेला भएर प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

नासुहरुले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)मा पदपूर्तिको व्यवस्थाप्रति पनि विरोध जनाएका छन् । उक्त श्रेणीको पदपूर्तिमा आन्तरिक प्रतिस्पर्धाबाट २० प्रतिशत र बढुवाबाट ३० प्रतिशत व्यवस्था गर्नुपर्ने उनीहरूले माग गरेका छन्।

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको छ। यसकै विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …