Logo बैशाख २८, २०७८ मंगलबार


दक्षिण एशियाकै एकमात्र चाैरी महाेत्सव पाँचथरमा सम्पन्न

पाँचथर । यो वर्षको चौथो चौंरी महोत्सव बुधबार सम्पन्न भएको छ । नेपाल र भारतको सिमानामा रहेको पाँचथर जिल्लाको फालेलुङमा आयोजना गरिएको चाैरी महोत्सव बुधबार सकिएको हो ।

यसलाई दक्षिण एशिया क्षेत्रको एक मात्र चौंरी महोत्सव मानिएको छ । उच्च पहाडी क्षेत्रमा पाइने चौंरी र त्यससँग जोडिएको संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत चार वर्षदेखि चौंरी महोत्सव आयोजना हुँदै आएको छ ।

फालेलुङ क्षेत्र घट्दै गएको र भएको क्षेत्र पनि व्यवस्थित नहुँदा चौंरी पालक किसान घट्दै गएका छन् । यस क्षेत्रका सांसद तथा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्ले फालेलुङको चौंरी महोत्सवलाई विश्वभर चिनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुर्भभयो ।

फालेलुङमा हरेक वर्ष यो समयमा गोठसारी हुँदै चौंरीहरु आइपुग्छन् । उच्च हिमाली क्षेत्रको आम्दानीको मुख्य श्रोत चौंरीपालन जैविक विविधताको महत्वपूर्ण पक्ष पनि हो । अहिले महोत्सव क्षेत्रमा २१ वटा भन्दा बढी चौंरी गोठ रहेका छन् । यो मेला हेर्न तथा चौंरीबारे जानकारी लिन सीमावर्ति भारत तथा भुटानदेखि किसानहरु आउने गरेका छन् । मेलामा चौंरीको दुधबाट बनेका परिकारहरु, भेडा, घोडा समेत राख्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …