Logo बैशाख ३१, २०७८ शुक्रबार


ओलीको पद तृष्णाका कारण राष्ट्रिय राजनीति बिग्रियो : भुसाल

प्रतिक पाैडेल

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्रिय राजनीति बिग्रिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीमा देखिएकाे पदप्रतिकाे तृष्णाका कारण राजनीतिमा समस्या देखिएकाे बताउनुभएकाे हाे ।

भुसालले ओलीमा देखिएको सत्ताको तृष्णाबाट पार्टीलाई मुक्त गरेर अघि बढ्ने आफूहरुको योजना रहेको जानकारी दिनुभयो ।

बिहीवार  रुपन्देहीमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीमा बसेको अहङ्कारका कारण वाम जनमतको अपमान गरेको बताउनुभयो ।

भुसालका अनुसार ओलीले सत्ताको अहङ्कार त्याग गरी आजसम्म बिग्रिएका कुराहरुप्रति जिम्मेवारी लिदै वाम जनमतलाई सम्बोधन गर्न हिम्मत गरे वाम गठबन्धनको सरकार अझै सम्भव रहेको बताएका छन् ।

भुसालले आफ्नै पार्टीका नेतालाई लखटेर ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरसँग गठबन्धन गरेर सत्ताप्रतिको तृष्णा मेटाउन खोजेको बताउनुभयो । भुसालले भन्नुभयो, ‘महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार बनाउन खोजिँदै छ।’

संसदमा वामपन्थीको बहुमत हुदाहुँदै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गर्नुले राजनीतिमा विसंगति आउन थालेको बताउनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…