Logo बैशाख २९, २०७८ बुधबार


यसरी मनाए सुदूरपश्चिममा बिसु पर्व

छत्र मल्ल

धनगढी। सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षसँगै विशेष रूपमा मनाइने बिसु पर्व यसपटक पनि मनाइएकाे छ। विशेष गरी यो पर्वमा परापूर्व कालमा हुने बालविवाहका कारण चेलीहरुले पाएको दु:ख र मर्मका बारेमा गीतबाट बिलौला गरेको बताइन्छ ।

महिलाहरुले रातोसारी, ब्लाउजमा सेतो पटुका बाँधी तेही पटुकाको एक छेउलाई हातले नचाउँदै खेलिने डेउडा हो । यसलाई सुरु गर्दा कपडाको पुतला बनाई देवीको रुपमा जगाइ पूजा गरिन्छ । त्यस्तै, अन्तिम दिन बाघ, बिरालो, बेहुला बेहुली बनाई विसर्जन गरिन्छ।

साथै, बिसु पर्वमा देवर, नन्दहरुले भाउजूलाई र भाउजूले देवर, नन्दहरुलाई सिस्नु लगाउने गरिन्छ । खानामा विशेष गरी मासको दाल भिजाइ पिसेर बनाएका परिकारहरु बटु,फाणोको तिउन सेलरोटी लगाएत खाने प्रचलन छ ।

कैलालीको टिकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनीलगायत विभिन्न ठाउँमा याे पर्व मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव छ, दुःख सहेरै भएपनि यो ३ हप्ता घरभित्रै बसौं, जीवनको तुलनामा दुःख सानो हो…

‘सहयोग गर्ने सपना अधुरै रह्यो तर म आफ्नो रिपोर्ट नेगेटिभ आउने र शरीर स्वस्थ्य हुने दिन कुरिरहेकी छु । जुन…

बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ३० हजार ३४३ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…