Logo बैशाख २८, २०७८ मंगलबार


पिएचडी गर्दै हुनुहुन्छ ? पाउन सक्नुहुन्छ एक लाख राशिको पुरस्कार

काठमाडौं । नेपाली भाषा साहित्यका विशिष्ट साधकका नाउँमा विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई नइ प्रकाशनले पुरस्कार दिने भएको छ । नइ प्रकाशनले आफ्नो रजत महोत्सवका उपलक्ष्यमा एक जना विशिष्ट शोधार्थीलाई एक लाख रुपैयाँ राशिसहित नइ शोध पुरस्कार समर्पण गर्ने भएको हो ।

राष्ट्रकवि  माधवप्रसाद घिमिरे, वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जन राष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्राडा वासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न डा. वानीरा गिरीका व्यक्तित्व, कृतित्व र साहित्यिक योगदानबारे विद्यावारिधि शोध गर्ने एक जना विशिष्ट शोधार्थीलाई नइ शोध पुरस्कार समर्पण गरिने भएको प्रकाशनले जनाएको छ ।

नइ प्रकाशनले नै उपाधि, सम्मान र पुरस्कारले विभूषित माथि उल्लेखित पाँच जना साधकमध्ये सम्बन्धित एक जनाको नाउँ जोडेर हरेक साल नइ शोध पुरस्कार समर्पण गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …