Logo बैशाख २८, २०७८ मंगलबार


मैले कडाइ नगरेको भए मेलम्ची आउने थिएन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कडाइका कारण मेलम्चीको पानी काठमाडौं आएको बताउनुभएको छ । नापी विभागले गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले धेरै कडाइ गरेर मेलम्चीको पानी काठमाडौं ल्याएको बताउनुभएको हो ।

कुनै पनि काममा ढिलासुस्ती असह्य हुने भन्दै उहाँले भन्नुभयो, ‘कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हामीले तीव्रता दिएर, धेरै कडाइ गरेर मेलम्चीको पानी काठमाडौं ल्याएका हौं । कति दिनमा सक्छौ ? भन्दै हरेक दिनजसो ताकेता गरेर ल्यायौं । ढिलासुस्ती र व्यवधान गर्ने काम अब सहन सकिँदैन ।’

प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशीमा पनि एक वर्षयता अस्वाभाविक ढिलाइ भइरहेको भन्दै ढिलासुस्ती गर्ने को हो पत्ता लगाउनुपर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काममा ढिलासुस्ती, व्यवधान, अस्वाभाविक रुपमा ढिलासुस्ती गर्नेलाई देख्न सक्दैनौं र कसैले गर्छ भने त्यसको क्षतिपूर्तिका लागि तयार हुनुपर्छ ।’

माथिल्लो तामाकोशीमा दैनिक पाँच करोड नोक्सान भइरहेको प्रधानमन्त्री ओलीले जानकारी समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …