Logo बैशाख २८, २०७८ मंगलबार


गण्डकी प्रदेशमा विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र

पोखरा । गण्डकी प्रदेशमा विशेष अधिवेशन माग गर्दै विपक्षी दलले प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका छन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न विपक्षी दलले विशेष अधिवेशन माग गर्दै निवेदन बुझाएका हुन् ।

बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले प्रदेश प्रमुख कार्यालयका सचिव हरि वास्तोलालाई निवेदन बुझाएका हुन् । यी तीन दलले बिहीबारै प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराई उक्त प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका हुन् ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा अधिवेशन अन्त्य गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …