Logo बैशाख २८, २०७८ मंगलबार


बेवारिसे शवको बायोमेट्रिक औंठाछाप एकिनपछि मात्र शव व्यवस्थापन गर्न निर्देशन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले बेवारिसे शवको बायोमेट्रिक औंठाछाप र डिएनए नमुना सङ्कलन भएको एकिन भएपछि मात्रै शव व्यवस्थापन गर्न निर्देशन दिएको छ । बिहीवार समितिको बैठकले अस्पतालमा रहेका बेवारिसे शवको विस्तृत विवरणसहित छुट्टै वेव पेज वा डोमेन बनाई सञ्चार माध्यमबाट बढीभन्दा बढी सूचना सम्प्रेषण गरी हरेक शवको वायोमेट्रिक औँठा छाप र डिएनए नमुना सङ्कलन भएको एकिन भएपछि मात्रै शव व्यवस्थापनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हाे ।

त्यसैगरी, बेवारिसे शव व्यवस्थापन निर्देशिका छिटो पारित गरेर कार्यान्वयनमा ल्याउन र बेवारिसे शवको सम्बन्धमा जिल्ला स्थित सरकारी वकिल कार्यालय, जिल्ला अस्पताल र नेपाल प्रहरीको फरक फरक तथ्याङ्क भएकाले तिनै निकायबीच समन्वय गरी एउटै तथ्याङ्क आउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

समितिको निर्देशनबारे जानकारी दिदैँ समिति सभापति शशी श्रेष्ठले भन्नुभयो, ‘हाल अस्पतालमा रहेका बेवारिसे शवको प्रष्ट मुखाकृति देखिने फोटो एवम् हुलियासहितको अभिलेख विवरण नेपाल प्रहरीको वेवसाइटमार्फत सार्वजनिक गरिदै आएकोमा अब उप्रान्त अस्पतालमा रहेका प्रत्येक पहिचान नखुलेका बेवारिसे शवको विस्तृत विवरणसहित छुट्टै वेव पेज वा डोमेन निर्माण गरी सञ्चारका विभिन्न माध्यम तथा सामाजिक सञ्जालहरुबाट अधिकभन्दा अधिक सूचना सम्प्रेषण गरी हरेक शवको बायोमेट्रिक औँठा छाप र डिएनए नमुना सङ्कलन भएको एकिन भएपछि मात्र शव व्यवस्थापन गर्ने व्यवस्था मिलाउने । वेवारिसे शव सम्बन्धी जिल्लास्थित जिल्ला सरकारी वकिल, जिल्ला अस्पताल र नेपाल प्रहरीको वेवसाइटमा फरक फरक तथ्याङ्क उपलब्ध हुने गरेकोले ति निकायहरुबीच समन्वय गरी एउटै तथ्याङ्क आउने व्यवस्था मिलाउने ।’

समितिले जघन्य अपराध तथा फौजदारी कसुरजन्य घटनाका बेवारिसे शवको हकमा कम्तीमा २० वर्ष अभिलेख राख्न पनि निर्देशन दिएको छ । राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …