Logo बैशाख २८, २०७८ मंगलबार


एकैदिन ५३४ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

काठमाडौं । नेपालमा थप पाँच सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ८८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९० र पाँच सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ४४ जना गरी पाँच सय ३४ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमण हुनेको संख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक सय ५७ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार ६ सय चार पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या चार हजार तीन सय ८४ छ ।

पछिल्लो २४ घण्टामा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …