Logo जेठ २, २०७८ आइतबार


ट्राफिक प्रहरीद्वारा हराएका माेटरसाइकल खाेजतलास गरी सम्बन्धित व्यक्तिलाई जिम्मा

काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजतलास गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ ।  महाशाखाले विभिन्न ठाउँबाट खोजतलास गरी बजरामद गरिएको १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर बिहीवार (आज) सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बरामद गरिएका मोटरसाइकलहरु सम्बन्धित धनीलाई बुझाउनु भएको हो । ती मोटरसाइकलहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु तथा धादिङ, चितवन, मकवानपुर र बारा जिल्लाबाट चोरी भएका थिए । एसएसपी भट्टराईले महाशाखाले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिइरहेको बताउनुभयो । चोरी भएका मोटरसाईकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाई वेचबिखन गर्ने गरेको पाइएको समेत एसएसपी भट्टराईले बताउनुभयो ।

महाशाखाले काठमाडौं उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुनेलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको पनि बताउनुभयो । यस्तै, सवारीसाधन हराउन नदिन निगरानी बढाउने र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको एसएसपी भट्टराईले बताउनुभयो ।

ट्राफिक प्रहरीले यस आर्थिक वर्षमा मात्रै हराएका ३ सय ५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाएको छ । यस्तै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…