Logo बैशाख २८, २०७८ मंगलबार


प्रतिपक्षी दलद्वारा चौथोपटक बागमती प्रदेशसभा बैठक अवरुद्ध

पुष्पराज अधिकारी
मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले चौथोपटक बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेसनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीवारको प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

आज (बिहीवार) बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले विद्युतीय बस खरिद प्रक्रिया र मदन भण्डारी फाउन्डेशनलाई दिने ५० लाखको विषयमा जवाफ दिनुभएको थियो । सरकारको जवाफ चित्त बुझ्दो नभएको र अमूर्त जवाफ आएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बैठकमा उठेर संसद अवरुद्ध पारेका थिए ।

माओवादीले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभयो ।

सरकारले पूर्वाधार र योजना नबनाई बस खरिद प्रक्रिया अघि बढाएको जनाउँदै सरकारको पैसा त्यहाँ फस्ने प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलको भनाइ छ । उहाँले विद्युतीय बस खरिद प्रक्रिया र मदन भण्डारी फाउन्डेशनको नाममा ५० लाख दिने मन्त्रिपरिष्दको निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्षी दलका नेता जम्कट्टेलले बताउनुभयो ।

माओवादीको मागमा नेपाली कांग्रेस, विवेकशील साझा तथा अन्य साना दलहरुले समेत समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …