Logo बैशाख २८, २०७८ मंगलबार


विज्ञ भन्छन्–२०७८ साल चुनाव केन्द्रित हुन सक्छ

काठमाडौं । वर्ष २०७७ मा देखिएको अलमलका कारण वर्ष २०७८ को राजनीतिक निर्वाचन केन्द्रित सम्भावना देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली जसरी हुन्छ चुनावमा लाने जोडबलमा लाग्नु, नेपाली कांग्रेसले पनि नयाँ सरकार गठनमा सक्रियाता नदेखाउनु, जनता समाजवादी पार्टी अलमलमा बस्नुले मुलुक वर्ष २०७८ मा निर्वाचनमा जाने सम्भावना देखिएको हो ।

प्रतिनिधिसभा पु्नस्र्थापना डेढ महिना बित्दा समेत नयाँ सरकार गठनको कुनै प्रष्ट चित्र देखिएको छैन । अधिकांश दलहरु अलमल र अन्यौलमा देखिएका छन् । ओली सरकार अझै पुरानै हैसियतमा चलीराखेको छ । संसद बिजनेशविहिन जस्तो अवस्थामा पुगेको छ । यसको निकासको लागि दुइवटा विकल्प छन् । पहिलो नयाँ सरकार बनाउने र दोस्रो मुलुक निर्वाचनमा जाने ।

पहिलो विकल्प अनुसार तत्काल नयाँ सरकार गठनको सम्भावना न्यून देखिएको छ । किनकी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यसको लागि देखाउनुपर्ने अग्रसरता देखाएको छैन । पार्टीभित्र दबावका बावजुद पार्टीले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि उता पार्टी सभापति शेरबहादुर देउवा भने ओली सरकारलाई नै निरन्तरता दिएर चुनावमा जाने मनस्थितीमा हुनुहुन्छ । राजनीतिक विश्लेषक मुमाराम खनाल भन्नुहुन्छ, पहिलो विकल्प भन्दा दोस्रो विकल्प अर्थात मुलुक चुनावमा जान सक्ने सम्भावना ९९ प्रतिशल छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि वर्ष २०७८ चुनाव केन्द्रित हुन सक्ने बताउनुहुन्छ् । प्रधानमन्त्री ओलीले चुनावका लागि गरेको जोडबल, कांग्रेस मनासाय पनि चुनाव केन्द्रित हुनु, जसपा अलमा बसीरहनु र संसद विजनेशविहिन हुनुले मुलुकमा चुनावको सम्भावना बढेको उहाँको आकलन छ ।

प्रधानमन्त्री ओलीको विकल्पमा बहुमत पर्याउन कांग्रेस, माओवादी र जसपा मिल्नुपर्ने गणितीय बाध्यता छ । तीन दल नमिलेसम्म ओलीको बहिर्गमन सम्भव छैन । त्यसकै लागि तीन दलका नेताहरुले प्रयास त गरिरहेका छन् तर निष्र्कषमा पुग्न सकेको छैन । त्यसो त मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको थियो । भने जसपाका नेताहरूसँगको भेटमा काँग्रेस सभापति देउवाले पार्टीभित्र सहमति बनाउन अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलाई आग्रह गर्नुभएको थियो । अहिले मुख्यगरी ३ दलभित्र पनि समर्थन फिर्ता पहिला की अविश्वासको प्रस्ताव दर्ता पहिला भन्नेमा विवाद देखिएको छ । विश्लेषक खनालका अनुसार दलहरुमा इमान्दार भन्ने चिज नै छैन । त्यसैले पनि २०७८ को राजनीति पनि संलिन सक्छ भन्ने कुनै ग्यारेण्टी भने नभएको विश्लेषक खनालको तर्क छ ।

अहिले नयाँ सरकार गठनमा देखिएको अलमललाई हेर्ने हो भने दलहरु एकले अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । यता नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टी माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको केहीबेरमै पार्टीले निर्णय गर्ने बताइरहेको छ भने माओवादी केन्द्रले तीन दलबीच सहमती नभएसम्म समर्थन फिर्ता नलिने पक्षमा देखिएका छन् । आफूहरुले समर्थन फिर्ता लिएको खण्डमा जसपाले ओली सरकारलाई समर्थन गरेर पुन ओली सरकारले निरन्तरता पाउने र ओली सरकारको नेतृत्वमा चुनवामा जानुपर्ने अवस्था आउन सक्ने आकलनका साथ माओवादी जसपाको निर्णयलाई कुरेर बसेको अवस्था छ । यता नेपाली कांग्रेसले नयाँ सरकार बनाउने निर्णय गरेपनि त्यसको लागि अग्रसरता भने देखाएको छैन । त्यसैले पनि राजनीतिक अन्योलता बढेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …