Logo जेठ १, २०७८ शनिबार


चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन

काठमाडौं । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा लगाइएको कोटा प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण समितिले कोटा प्रणाली स्थगन गरेकोे हो ।

आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोक्ने आयात खुला गरेको थियो । कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगन गरिएकोे विभागका प्रवक्ता शिवराज सेर्ढाइंले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले स्थायी रुपमा कोटा प्रणाली बन्द भने गरेको छैन ।

सरकारले वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार मेट्रिक टन सुपारी, पाँच हजार मेट्रिक टन छोकडा र १५ हजार मेट्रिक टन नधुल्याइएको मरिच आयात गर्न सकिने गरी कोटा राख्दै प्रतिबन्ध हटाएको थियो ।

कोटो प्रणाली खुला भएपछि विभागमा सुपारी आयात गर्न २ सय ५० निवेदनबाट चार लाख ७८ हजार ८ सय ४६ मेट्रिक टन माग आएको छ । सुपारी आयातमा मागभन्दा १९ गुणा बढीले आवेदन दिएका थिए । यसैगरी, केराउ आयात गर्न ३सय ४ निवेदनबाट एक लाख ७९ हजार ३३ मेट्रिक टन, नधुल्याइएको मरिच आायत गर्न २०६ निवेदनबाट एक लाख ६६ हजार ३०३ मेट्रिक टन र छोकडा आयात गर्न १ सय २४ निवेदनबाट ६० हजार ८ सय ४ मेट्रिक टन माग भएको छ । गत वर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले पूर्णरुपमा रोक लगाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । नेपाली मौलिक भिडियो शेयरिङ एप थोप्ला सार्वजनिक भएको छ । चर्चित भिडियो शेयरिङ एप टिकटककै स्वरुप रहेको थोप्ला…

पुरानो आर्थिक व्यवहार मिल्नेछ । सामाजिक काममा प्रगति मिल्नेछ ।

उत्तरविहीन प्रश्नको भारीले थिचिरहँदा बिसाउने चौतारी कहाँ भेटूँ म ?

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…