Logo बैशाख ३१, २०७८ शुक्रबार


सीमा बैठकप्रति भारतको बेवास्ता

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा काठमाडौं उपत्यकामा ठूलो हुरीबतास, चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन, ‘ओलीको पद तृष्णाका कारण राष्ट्रिय राजनीति बिग्रियो’, गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग, प्रतिपक्षी दलद्वारा चौथोपटक बागमती प्रदेशसभा बैठक अवरुद्ध र बेवारिसे शवको बायोमेट्रिक औंठाछाप एकिनपछि मात्र शव व्यवस्थापन गर्न निर्देशन लगायतका शीर्षकमा समाचार प्रकाशित गरिए।

शुक्रबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरुले सीमा बैठकप्रति भारतको बेवास्ता, वैशाख दोस्रो साता भारतबाट १० लाख डोज खोप आउँदै र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलनलगायतका समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् ।

आजको कान्तिपुर दैनिक मा सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरेपनि भारतले बेवास्ता गरेको समाचारलाई शीर्ष स्थान दिइएको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरेपनि भारतले कुनै जवाफ नपठाएको समाचारमा लेखिएको छ । समाचारअनुसार भारतको बेवास्ताले प्रत्येक वर्ष हुनुपर्ने बीडब्लूजी बैठकसमेत प्रभावित भएको छ । बीडब्लूजीको पछिल्लो बैठक सन् २०१९ नोभेम्बरमा देहरादुनमा भएको थियो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार कोभिडका कारण फिल्डमा जान सम्भव नरहेको जस्ता कारण देखाएर भारतले अनौपचारिक रूपमा बैठकको मितिप्रति असहमति जनाएको छ तर औपचारिक जवाफ पठाएको छैन । नेपालले गत वर्ष जुलाईमा पहिलोपटक बैठकका लागि दुईवटा मिति प्रस्ताव गरेको भएपनि भारतले कुनै जवाफ नदिएको समाचारमा जनाइएको छ ।

नयाँ पत्रिका दैनिकले ‘फेरि पनि लोकतन्त्रकै उपहास’ शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ । समाचारअनुसार आफ्नाविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य गरिएको छ । विपक्षी दलहरुले भने जननिर्वाचित सदनमा बहुमत छ भने साबित गर्नेभन्दा अल्पमतमा परेको सरकारले संसदीय लोकतन्त्रको न्यूनतम मूल्य फेरि पनि संकटमा पार्ने गरी गतिविधि बढाएको आरोप लगाएका छन् । फगत कुर्सी जोगाउनका लागि जननिर्वाचित सदनको हुर्मत लिने प्रधानमन्त्री ओलीको प्रवृत्ति मुख्यमन्त्री गुरुङले पनि दोहोर्‍याएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले आरोप लगाएको समाचारमा लेखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि गत ५ पुसमा संविधानविपरीत संसद् विघटन गर्नुभएको, आलोचना खेप्नुपर्ने त्रासमा २६ पुसमा राष्ट्रिय सभाको चालू अधिवेशन पनि दुई दिनमै अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको, त्यस्तै गत असारमा पद धरापमा पर्ने आशंकाकै आधारमा हठात् प्रतिनिधिसभाको बर्खे अधिवेशन अन्त्य गरेको भन्दै मुख्यमन्त्री गुरुङले पनि त्यसकै सिको गर्न खोजेको विपक्षी दलहरुकाे आशंका छ।

प्रधानमन्त्री ओलीकै पदचाप पछ्याउँदै मुख्यमन्त्री गुरुङले प्रदेश सभामुख, विपक्षी दलका नेता र संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरूलाई पत्तै नदिई रातारात संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको कांग्रेस र माओवादी केन्द्र लगायतका दलका नेताहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…