Logo बैशाख ३१, २०७८ शुक्रबार


पोखरेललाई हटाउन ४२ सांसदको हस्ताक्षर

दाङ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि विपक्षी दलहरु अविश्वास प्रस्ताव लयाउने कसरतमा जुटेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट बिदाई गर्ने निष्कर्षसहित नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव दर्ताका लागि अन्तिम टुंगोमा पुग्नेगरी कसरत शुरु गरेका हुन् ।

पोखरेललाई मुख्यमन्त्रीबाट हटाउने अन्तिम निर्णयमा पुगेका दलहरूले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षरसमेत संकलन गरिसकिएको बताएका छन्। स्रोतका अनुसार एमालेका ४१ र जनता समाजवादी पार्टीका एकजना सांसदबाहेक ४२ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका हुन् ।

सांसदहरुको हस्ताक्षर आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई बुझाइएको र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने तयारी भइरहेको बताइएको छ ।

एक कांग्रेस सांसदका अनुसार मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर तयारी अवस्थामा राखिएको छ । प्रदेशसभामा रहेका कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादी पार्टीका ५ र राष्ट्रिय जनमोर्चाका एक सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरिसकेको उनको भनाइ छ । जुन संख्या प्रदेशसभाको कुल सांसद संख्याको अल्पमत नै हो।

मुख्यमन्त्रीविरुद्ध बहुमत जुटाउनका लागि भने थप एक सांसदको आवश्यकता पर्छ। जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहका एक सांसदले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताबमा हस्ताक्षर गरेका छैनन्।

४२ सांसदको हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीलाई पदबाट हटाउने निर्णयमा पुगेका एमालेइतरका दलहरू तत्कालै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको बताइसकेका छन् । अबको एक, दुईदिन भित्रमा ठूलै प्रक्रियाको सुरुवात हुने कांग्रेसका प्रदेशसभा एक सदस्यले जानकारी दिए ।

प्रदेश सरकारले भने अविश्वासको प्रस्ताव दर्ता हुने खतरा देखेपछि हतारमा संसद् बैठक स्थगित गर्न प्रदेशसभालाई सिफारिस गरेपछि हाल संसद स्थगित छ । संसदमा बैठकमा विभिन्न तीनवटा विधेयक पेश भएका भएपनि ति विधेयक हाल जरुरत नभएको भन्दै संसद् बैठक स्थगनका लागि सरकारले सिफारिस गरेको थियो।

सरकारको यस्तो कदमलाई माओवादी केन्द्रले आफ्नो पद जोगाउनका लागि मुख्यमन्त्री पोखरेलले चालेको कुटिल चाल भएको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…