Logo बैशाख २८, २०७८ मंगलबार


हार्डवेयर पसलमा आगलागी

बागलुङ । जिल्लाको एक हार्डवेयर पसलमा आगलागी भएको छ । शुक्रबार बिहान बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको हो।बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् ।

दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

हार्डवयर पसलमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । पछिल्लो समय बागलुङ बजारमा आगलागीको घटना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राती देशका प्रदेश नम्बर १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा…

व्यापारमा फाईदा हुनेछ । इष्टमित्रको साथ पाईनेछ । कृषिबाट धनार्जन हुनेछ ।

सोमबारसम्म देशभर ९३ हजार १४१ जना जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बोधनमा ओलीले केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलाएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो…

ओलीले प्रदेशलाई संघको इकाइ भएको बताउने गरेको उल्लेख गर्दै ओली समावेशीको विपक्ष र संघीयतालाई नै धरापमा पार्ने खेलमा रहेको बताउनुभयाे …