Logo बैशाख ३१, २०७८ शुक्रबार


बागमती प्रदेश एमाले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज प्रदेशसभाको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको एमाले संसदीय दल, वाग्मती प्रदेशका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश बोर्डमा एमाले संसदीय दलका नेता पौडेल, प्रमुख सचेतक पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरूण नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजङ्ग थापा र सरस्वती बाटी रहनुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले तीन सदस्य मनोनीत गर्नु हुनेछ । बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था रहेको जनाइएको छ । संसदीय दलको आजको बैठकले संसदीय दलको संशोधित विधानलाई पारित गर्ने निर्णयसमेत गरेको प्रमुख सचेतक पाण्डेले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

पारिवारिक भेटघाट हुनेछ । मित्रबाट फाईदा मिल्नेछ ।प्रेममा खुसियाली बढ्नेछ ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…